नेभिगेशन
सबै कुरा

राप्रपाको भवन तत्काल नभत्काउनु : उच्च अदालत पाटन

१४ भदौ, ललितपुर - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भवन तत्काल नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनले आदेश जारी गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिजुलीको हाइटेन्सन लाइनमुनि घर रहेको भन्दै ३ दिने अल्टिमेटम दिएर गत साउन १५ गते राप्रपा कार्यालय भत्काउने तयारीसहित काठमाडौं महानगर प्रहरीको टोली राप्रपा पार्टी कार्यालय परिसर पुगेको थियो । राप्रपाले घर खाली नगरेपछि भत्काउन डोजर पठाएको भए पनि राप्रपा नेता, कार्यकर्ताले सडकमा गाडी तेर्साएर अवरोध गरेका थिए। उक्त समयमा माथिल्लो निकायको आदेश नआएको भन्दै महानगर प्रहरी पार्टी कार्यालय नभत्काई फर्किएको थियो । 

Ncell
Extreme Energy

महानगरको उक्त निर्णयविरुद्ध प्रभा चापागाईंले उच्च अदालत पाटनमा रिट दर्ता गराएकी थिइन् । उनले दर्ता गराएको रिटउपर न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले बुधबार आदेश जारी गर्दै तत्काल नभत्काउन भनेको हो। 

‘निवेदन दाबीमा उल्लेखित कि.नं. ७०७ को जग्गा र सो जग्गामा निर्मित घर समेत निवेदिकाको हकको भई हाल राप्रपा कार्यालय रहेको भन्ने देखिएको हुँदा उक्त घरजग्गा निवेदिकाको सहमति तथा कानुनी प्रकृयाबिना भत्काउँदा निवेदिकाको साम्पत्तिको हकमा असर परी अपूर्णिय क्षति पुग्ने देखिँदा अन्तरिम छलफलको मितिसम्म उक्त जग्गा र जग्गामा निर्मित घरलाई असर पर्ने गरी कुनै पनि कार्यवाही नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरी दिएको छ,’ उच्च अदालतले भनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...