नेभिगेशन
समाज

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका भण्डारीलाई फैसला कार्यान्वयनका लागि आज विहान महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरिएको कञ्चनपुरका डिएसपी टेकबहादुर रावतले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्मला पन्त प्रकरणमा गाली बेइज्जतीको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले पत्रकार भण्डारीलाई १ जेठ २०८२ मा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । 

Ncell
Extreme Energy

जिल्लाको फैसला सदर गर्दै उच्च अदालतले थप ७ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको थियो ।  

सरकारले निर्मला पन्त हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान सुरु गरेसँगै पत्रकार भण्डारी सक्रिय भइरहँदा पक्राउ परेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओपनएआईले ल्यायो नयाँ एआई असिस्टेन्ट 'डट्स'

ओपनएआईले ल्यायो नयाँ एआई असिस्टेन्ट 'डट्स'

ओपनएआईले मङ्गलबार 'डट्स' (dots) नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) असिस्टेन्ट सार्वजनिक गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

दिल्ली उच्च अदालतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक योग्यता (डिग्री) सम्बन्धी जानकारी मागिएका पुनरावेदनमाथिको सुनुवाइ आगामी डिसेम्बरसम्मका लागि स्थगित गरेको छ।
मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आउने मुख्य याम सुरु भए पनि अविरल वर्षा र बाढीपहिरोका कारण सयौँ पर्यटक मनाङमै रोकिएका छन्।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।