नेभिगेशन
समाज

कालीगण्डकी नदीमाथिको  ‘सिग्नेचर व्रिज’ निर्माणको अन्तिम चरणमा

काठमाडौँ । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत  निर्माण थालिएको पुलको काम हालसम्म ९५ प्रतिशत सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सिडिई कृष्णराज अधिकारीले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण गरिएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामोस्टिल पुलभन्दा केही तल १२३ मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ ।

Ncell
Extreme Energy

पैदलयात्रुका लागि फुटपाथसहित ११ मिटर चौडाइ रहने पुल ४० टन भारवहन क्षमता हुनेछ । सडक विभागअन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अघि बढाइएको पुल ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको छ ।

विसं २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग २०७९ असार ३० गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । करिब रु २७ करोड ७१ लाख नौ हजार लागत निर्माण सम्झौता रहेको १२० मिटर पुलमा लम्बाइको पुलमा पछि तीन मिटर थप गरिएको आयोजना प्रमुख अधिकारीले बताए।

ठूला भारवहन क्षमताका सवारीसाधन राम्दीको हालको पुलमा सञ्चालन हुन नसक्दा मालसामान ढुवानीमा कठिनाइ भएको थियो । नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सामन ढुवानीकर्ता, उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी हुन भएको पाइएको छ । राम्दी क्षेत्र आफैँमा व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...

भर्खरै