नेभिगेशन
समाज

एयरपोर्टमा रोकिएका एन्फा पदाधिकारीलाई खेलकुदमन्त्रीको जवाफः विश्वकप हेर्न रहर गर्नेले आशा जगाउने काम गरेको हुनुपर्छ

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फा यो भन्दा तल जाने ठाउँ नै नभएको बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै विगतका सरकारबाट एन्फामा अत्याधिक हस्तक्षेप भएको बताएका हुन् । उनले एन्फामा भ्रष्टाचार भएको दावी गर्दै परेको उजुरीमा छानबिन भइरहेको बताए । 

‘विगतका सरकारबाट धेरैपटक एन्फामा हस्तक्षेप भएको थियो । एन्फामा धेरैवटा भ्रष्टाचार भएको उजुरी हामीलाई परेको छ । हामीले राखेपको उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति पनि गठन गरेका छौँ । छानबिन समितिको प्रतिवेदन आएपछि सम्बन्धित नियकामा पठाउँछौँ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एन्फा निलम्बनमा पर्नुमा अहिलेको सरकार कारक नरहेको बताए । ‘फिफाले एन्फालाई अहिलेको सरकारले हस्तक्षेप गरेका कारण निलम्बन गरेको होइन । बिभिन्न बेलामा बिभिन्न तहबाट हस्तक्षेप भइरहेको थियो ।’ 

Ncell
Extreme Energy

उनले एन्फाका पदाधिकारीलाई विश्वकप हेर्न जाने क्रममा एयरपोर्टबाट फर्काइएको विषयमा पनि स्पष्टिकरण दिएका छन् । ‘उहाँहरुले विश्वकप हेर्न जान हामीलाई रोक्यो भन्दै हुनुहुन्छ । विश्वकप हेर्न एन्फाको पदाधिकारी त्यतिखेर जानुहुन्छ जतिखेर नेपालको फुटबलले केही न केही आशा देखाएको हुनुपर्छ । विश्वकप नै खेल्नुपर्छ भन्नेपनि छैन । लोकल गेमहरु हुन सकेको छैन । भ्रष्टाचारका उजुरीहरु छन् । नेपालको फुटबल विकास हुन सकेको छैन । यो भन्दा तल जाने ठाउँ नै छैन एन्फालाई ।’ 

उनले एन्फामा रहेको बेथिति सुधारको लागि प्रयास भइरहेको बताए । यस सम्बन्धमा आफूले पहल जारी राखेको र वार्ताको प्रयास गरिरहेको खेलकुदमन्त्री पोखरेलले बताए । अब बन्ने एन्फामा नेपाली फुटबलमा योगदान गरेको व्यक्तिहरुलाई समेट्ने पनि उनले बताए । ‘अहिले फिफाले निलम्बन गर्दा हामीलाई चित्त दुखेको छ । तर यो भन्दा तल जाने ठाउँ नै छैन । हामीले केही बोल्ड स्टेपहरु लिनुपर्छ । लिएको पनि हो । अब हामीले एन्फालाई माथि उठाउँछौँ । एन्फालाई राजनीतिक भर्तिकेन्द्र हुन दिदैनौँ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी...
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

सामान्यतया, कांग्रेसलाई बूढाहरुको पार्टी भनेर चित्रण गरिन्छ । यसको कारण हो– केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरु रहनु ।
अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिका प्रस्थान गरेका छन्।