नेभिगेशन
समाज

नेपाल प्रहरीका ८ जना एआईजीहरूको सरुवा गर्ने निर्णय

काठमाडौँ । सरकारले आठ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ भने पूर्वाधार विकास मन्त्रालय अन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्कालाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ र शिक्षा (दशौँ संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने निर्णय समेत भएको प्रवक्ता पोखरेलले बताए । 

त्यसैगरि बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिकमत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगानालाई नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सदाचार नीति र राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।