नेभिगेशन
समाज

डोल्पाको जगदुल्लामा बाढीः एकको मृत्यु, १० घरमा क्षति

डोल्पा । शनिबार राति डोल्पाको जगदुल्ला ५ गैरीगाउँमा आएको लेदोसहितको बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय आनन्दी विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल हमालले जानकारी दिइन् । 
उनका अनुसार बाढीबाट १ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने ९ घर आंशिक क्षति पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धुलाखोला लगायतका खोलामा आएको बाढी आइतबार बिहानपख गाउँमा पसेको थियो ।  बाढीबाट थप ६ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेकालले थप उपचारका लागि पालिकाले सहजीकरण गरिरहेको छ । 

Ncell
Extreme Energy

घाइते हुनेमा सोही गाउँका करिब ६५ वर्षीया जस विक, ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक , ४८ वर्षीया विष्णु विक  रहेका छन् । घाइते हुनेमा दुई बालिका पनि रहेका छन् ।

बाढीबाट १५ वर्षीया निरुता विक र १३ वर्षीया सीता विक घाइते भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।
कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ।
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।