नेभिगेशन
नेताका कुरा

ज्ञानेन्द्र शाहीको प्रश्न : मन्त्रीहरु हेलिकप्टरमा शयर गर्न हुने, कर्णालीमा नागरिक डुब्दा उद्धार गर्न नहुने ?

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णाली नदीमा सवारी दुर्घटना हुँदा सरकारले उद्धारमा चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै शाहीले चैत १८ गते कर्णाली नदीमा गाडी खसेको, मानिसहरु बचाउ भनेर हारगुहार गरेको, एक जना भीरमा अड्केर गुहार मागेको तर उद्धार नआएको बताए । उनले त्यही आकाशमा हेलिकप्टर उडेको तर त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा घुमिरहेका थिए । प्रदेशसभामा भाग पुगेन भन्दै सांसदहरु भागवण्डाका लागि एकआपसमा झगडा गरिरहेका थिए । तर कर्णलीका जनता जीवन बचाइदेउ भनेर हारगुहार गरिरहेका थिए । उद्धार टोलीसँग साधन थिएन,' उनले भने । 

Ncell
Extreme Energy

सुर्खेतबाट दुर्घटनास्थलसम्म पुग्न ५ घण्टा लाग्ने तर हेलिकप्टर आकाशमा उड्दै गर्दा उद्धारका लागि एउटा हेलिकप्टर पठाउने क्षमता सरकारसँग नभएको उनले बताए । 'सरकारले काम कसको लागि गरिरहेको छ, भाषण किन ठोकेको छ ? देशको सबको साझा हो । २४ घण्टा वित्यो । हेलिकप्टर गएन । प्रदेश सरकारले पनि २४ घण्टापछि प्रदेश सरकारले निर्णय गर्यो तर भीरमा अड्केको मान्छे बचाउन सकेनौं । सुरक्षाकर्मी पुग्यो, उद्धार गर्न होइन मुचुल्का गर्न पुग्यो,' उनले भने ।  

शाहीले कर्णालीले दयाको भिख मागेको होइन अधिकार मागेको बताए । 'मेरो प्रश्न छ कर्णाली नेपालमा हो कि होइन ? मन्त्रीहरु हेलिकप्टरमा शयर गर्दा कर्णालीमा नागरिक डुब्दाखेरी उद्धार गर्न नहुने ? के कर्णाली यो देशका नागरिक हुन कि होइन ?' उनले सोधे ।  

शाहीले यो घटनाबारे जानकारी गराउनका लागि सरकारलाई रूलिङ गर्न माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै