नेभिगेशन
समाज

प्रधानमन्त्रीले सम्पति विवरणका देखाएको सुनको स्रोत के हो ?: भीष्मराज आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पति स्रोतमाथि प्रश्न उठाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पति विवरणमा धेरै सुन देखिएको बताउँदै त्यसको स्रोतबारे प्रश्न गरेका हुन् । 

‘प्रधानमन्त्रीजीको सम्पतिमा झण्डै दुई सय तोला सुन देखियो । अन्य मन्त्रिपरिषद्का सदस्यहरूको त्यस्तै धेरै देखियो ।’ उनले भने, ‘नेपाली कांग्रेस किन सम्पति आर्जन गर्नुभयो, किन जम्मा गर्नुभयो यो सोध्नैन । तर सुन आर्जनको स्रोत के हो ? यो जनताले जान्न पाउनुपर्छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यो प्रश्न सोध्ने विपक्षीको उत्तरदायीत्व भएको बताए । उनले उच्च पदस्थ व्यक्तिको सम्पति छानबिन गर्न सरकारले बनाएको समितिबारे उल्लेख गर्दै आफैँबाट छानबिन सुरु गर्न र सँगै प्रधानमन्त्रीको पनि छानबिन गर्न आग्रह गरे । 

Ncell
Extreme Energy

उनले प्रधानमन्त्रीको सुन देखेर जनता छक्क परेको बताउँदै त्यसको स्रोत के हो भनेर प्रश्न गरिरहेको दावी गरे । भ्रष्टाचारमाथिको निष्पक्ष छानबिनको लागि प्रधानमन्त्री तयार हुनुपर्ने उनको भनाइ छ । 

त्यस्तै आङदेम्बेले संविधान संशोधनको नाममा मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि छेडखानी स्वीकार्य नहुने बताए । संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन नसकेको उनको तर्क छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै