नेभिगेशन
समाज

ललितपुरमा भएको दुर्व्यवहारको घटनामा गृहमन्त्रीले भने, ‘महिलाको साहसलाई सम्मान छ, दोषीलाई कारबाही गर्नेमा दृढ छु’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ललितपुरमा महिलामाथि अश्लिल हर्कत गर्ने सरकारी कर्मचारीको बारेमा ध्यानाकर्षण भएको बताएका छन् । उनले आफूमाथि भएको दुर्व्यवहार सार्वजनिक गर्ने महिलाको साहसको सम्मान गरेका गरेका छन् । साथै उनले दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेको पनि जानकारी गराएका छन् । 

‘कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन। पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैँमा चिन्ताको विषय हो।’ गृहमन्त्री गुरुङले भने, ‘यस्ता घटनाको म घोर भर्त्सना गर्दछु र दोषी जोसुकै भए पनि कानूनको कठघरामा ल्याई कानून बमोजिम कारबाही गर्ने विषयमा दृढतापूर्वक उभिनेछु।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री गुरुङले प्रत्येक महिलाले सुरक्षित महसुस गर्ने वातावरण सुनिश्चित गर्नु राज्य र समाज दुवैको जिम्मेवारी भएको बताएका छन् । ‘म सबै यौन हिंसाको पिडितहरूलाई  ढुक्क भएर आवाज उठाउन आग्रह गर्दछु । अन्याय सहेर बस्नु पर्दैन ।’ 

Ncell
Extreme Energy

उनले यस्तो घटना आफूमाथि घटेमा वा कतै भएको जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरेका छन् । कुनै कारणले उजुरी दर्ता गर्न असहजता वा समस्या सिर्जना गरिन्छ भने सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयलाई समेत जानकारी गराउन सकिने उल्लेख गरेका छन् । यस्ता घटनामा उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति पनि स्वीकार्य नहुने बताएका छन् । 

के हो घटना ?

ललितपुरको इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्दै एक व्यक्तिले दुव्र्यवहार गरेका थिए । अश्लील हर्कत ति व्यक्ति सुरेन्द्र भट्ट रहेको खुलेको छ । बैतडीका उनी सरकारी कर्मचारी समेत रहेको ललितपुर प्रहरीले जनाएको छ । उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको प्रहरीले जनाएको छ । 

बाटोमा हिँडिरहेकी एक युवतीमाथि बीचबाटामै अश्लील हर्कत गर्ने  भट्टको भिडियो एक युवतीले टिकटक मार्फत सार्वजनिक गरेकी थिइन्  । पीडित युवतीले आइतबार साँझ टिकटकमा अपलोड गरेको भिडियो अहिलेसम्म लाखौँले हेरेका छन्। 

ललितपुरको इमाडोल क्षेत्रमा साँझपख एक युवती बाटोमा एक्लै हिँडिरहेकी हुन्छिन् ।  हठात उनीमाथि एक पुरुषले अश्लील हर्कत गर्छन् । त्यसरी एक्लै हिडिरहेकी युवतीलाई बीच सडकमै ती युवकले आफ्नो गोप्य अंग देखाउँछन् । 

वरपर सहायत पनि माग्छिन् । ती युवतीको गुहार सुनेर अर्का एक युवाले अश्लील हर्कत गर्ने युवकलाई समाउँछन् । बल्ल युवतीले राहतको सास फेर्दै माफी माग्न भन्छिन् र खुट्टा ढोगाउँछिन् । ती हर्कतकारीले पनि माफी माग्दै युवतीको खुट्टा ढोगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

अकस्मता आइपरेको दुर्व्यवहारजन्य घटनामा पनि युवतीले आफूलाई सम्हाल्दै गुहार माग्छीन् । उनले त्यस युवकको हर्कतको भिडियो बनाउँछिन् । 

टिकटकमा भिडियो पोस्ट गर्दै पीडित युवतीले घटना विवरणमा लेखेकी छन्, ‘आज म एक्लै बाटो हिँडिरहेकी थिएँ । मैले छोटो लुगा लगाएकी पनि थिइनँ, सामान्य फुल प्यान्ट र टिसर्ट लगाएकी थिएँ । तर पनि करिब ४० वर्ष जतिको एक जना मानिसले बीच बाटोमै मलाई देखेर आफ्नो लुगा खोलेर अश्लील व्यवहार गर्‍यो । साँच्चै भन्नुपर्दा, यो कुनै मजाक गर्ने कुरा होइन, न त सानो घटना नै हो । यस्तो व्यवहारले जोसुकैलाई डर, असुरक्षा र मानसिक तनाव दिन सक्छ ।’

उनले थप लेखेकी छन्, ‘त्यो बेला मैले चुप लागेर बसिनँ । आफूलाई जोगाउन मैले प्रतिक्रिया दिएँ । आज पनि धेरैले महिलाको लुगालाई दोष दिन खोज्छन्, तर आजको घटनाले फेरि देखायो कि समस्या लुगामा होइन, यस्तो गलत सोच भएका मानिसहरूमा छ । म यो कुरा ध्यान खिच्नका लागि होइन, यस्ता घटना सामान्य होइनन् भन्ने कुरा सबैले बुझुन् भनेर लेखिरहेकी हुँ । सार्वजनिक ठाउँमा हिँड्दा हरेक व्यक्तिले सुरक्षित महसुस गर्न पाउनुपर्छ । यस्ता घटनाविरुद्ध सबैले आवाज उठाउन जरुरी छ।’

त्यसपछि प्रहरीले युवतीको घटनास्थलेको पोस्ट गरेको भिडियो, सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान अघि बढाएको थियो । यो घटनाले दिनदहाडै सार्वजनिक स्थलमा महिलाहरुले भोग्नु परेको यौनजन्य हर्कतको सामुन्नेमा ल्याएको छ ।  यसले शहरी शान्तिसुरक्षामा समेत प्रश्न उठाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै