नेभिगेशन
नेताका कुरा

आरजुपछि जयवीर देउवाविरुद्ध पनि पूर्जी जारी, सात दिनभित्र हाजिर नभए पक्राउ गरिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध पूर्जी जारी भएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ/अनुसन्धानका लागि उपस्थित हुन पूर्जी जारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ/अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशन भएको मितिले बाटो म्याद बाहेक सात दिनभित्र यस विभागको कार्यालय हाजिर हुन यो सूचना जारी गरिएको छ । नआए कानुन बमोजिम हुनेछ,' सूचनामा भनिएको छ । यो सूचना सोमबारै देउवा निवास बुढानिलकण्ठमा टाँसिएको छ । 

Ncell
Extreme Energy

विभागले मंगलबार गोरखापत्रमा जयवीरलाई बयानमा आउन सार्वजनिक सूचना नै जारी गरेको छ । 

यसअघि विभागले देउवा दम्पत्तीलाई अनुसन्धानका लागि नेपाल झिकाउन रेड कर्नर नोटिस जारी गर्न कोसिस गरेको थियो । तर इन्टरपोलले स्वीकारेन । 

यसैगरी पूर्वपरराष्ट्रमन्त्री राणाविरुद्ध राहदानी (पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरमा म्याद टाँसेको थियो । अख्तियारले तीन दिनभित्र उपस्थित हुन सूचना टाँसेकोमा आरजुले आफू हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने भनेर इमेल पठाएकी थिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै