नेभिगेशन
नेताका कुरा

नेकपासहित चार दलले छाडे सरकारी संविधान संशोधन बहसपत्र कार्यदल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित चार दलले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन् ।

कार्यदलले संविधानका आधारभूत सिद्धान्त चलाउन खोजेको भन्दै त्यसमा असहमति जनाउँदै कार्यदलको प्रक्रियामा सहभागी नहुने निर्णय गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेर सबै पक्षसँग सुझाव लिइ संविधान संशोधनका लिग बहसपत्र तयार पारिरहेको छ ।

Ncell
Extreme Energy

बहसपत्र अन्तिम चरणमा पुगेका बेला विपक्षी दलहरुले कार्यदल छोडेको घोषणा गरेका हुन् ।

सरकारले कार्यदल घोषणा गरेपछि एक एक जना प्रतिनिधि पठाउन अनुरोध गरेको थियो । प्रतिनिधि पठाएका दलहरुले यही संविधानप्रति शपथ लिएको सरकारलाई संविधानले परिकल्पना नगरेको प्रस्तावना लगायत संविधानका आधारभूत विषयहरु सबै खुला गरी बहस गर्ने अधिकार नरहेकोमा सरकारले संविधानविपरीत बहसपत्र तयार गर्न खोजेको भन्दै क्षेत्राधिकार संशोधन नभएसम्म कार्यदलमा सहभागी हुन नसक्ने र सुझाव पनि दिन नसकिने निर्णय विपक्षी दलहरुको छ । 

कार्यदलमा रहेका नेकपा, जसपा, लोसपा र राजमोले लिखित रुपमै बहसपत्र कार्यदल छोड्ने घोषणा गरेका छन् । यसैगरी श्रम संस्कृति पार्टीले पनि संविधानका आधारभूत संरचना चलाउन खोजेको भन्दै आपत्ति जनाएको छ । 

कार्यदलमा कांग्रेसले पनि प्रतिनिधि पठाएको छैन । एमाले, रास्वपा र राप्रपाबाट कार्यदलमा प्रतिनिधि छन् । 

कार्यदलले सबै पक्षको सुझाव समेटेर प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने संयोजक शाहले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै