नेभिगेशन
समाज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौँ । एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि आठ फ्रेन्चाइज टोली मध्य ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ । नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो साझेदारी हो । 

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा औपचारिक सम्झौता सम्पन्न गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Ncell
Extreme Energy

सम्झौता पत्रमा उल्लेख भएअनुसार एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीको प्रमुख प्रायोजकका रूपमा तिन वर्ष सम्म रहनेछ  भने टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ । कम्पनीका अनुसार यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलमार्फत ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एक्सट्रिम इनर्जी ड्रिंक र एनपीएल फ्रेन्चाइजहरूबीचको सहकार्य नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको भविष्य उज्ज्वल बनाउन तथा समग्र क्रिकेट संरचनालाई सुदृढ बनाउन महत्वपूर्ण कदम भएको बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स मेनेजर कृष्ण दहालले नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा ६ वटा टोलीसँग टाईटल स्पोन्सरको रुपमा सहकार्य गर्न पाउनु गर्वको कुरा भएकोे र यो साझेदारी केवल ब्रान्ड प्रचारका लागि मात्र नभएर नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि रहेको बताए । 

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ । कम्पनीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सक्रिय सहकार्य गर्दै आएको छ ।

दसैंपछि आयोजना हुन लागेको एनपीएलको तेस्रो संस्करण अगाडि भएको यो ठूलो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको आकर्षण र विश्वास निकै बढेको देखाउँछ । आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको क्षमता वृद्धि र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...