नेभिगेशन
जनप्रतिनिधिका कुरा

एमाले सांसद राजेन्द्र राईको सभामुखमाथि असंसदीय टिप्पणी, प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । एमाले सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्यालमाथि असंसदीय टिप्पणी गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

विहान ११ बजे सुरु भएको प्रतिनिधि सभा बैठकमा राईले आकस्मिक समयमा बोल्ने क्रममा सभामुखलाई कान सुन्नु हुन्छ कि सुन्नु हुन्न भन्दै टिप्पणी गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो सभामुखको अपमान गर्ने अभिव्यक्ति भन्दै सभामुख अर्यालले तत्कालै आपत्ति जनाउँदै राईलाई रोकेका थिए ।

Ncell
Extreme Energy

यो भनाइमा रास्वपा सांसद ज्वाला संग्रौलाले प्रतिनिधि सभाको नियमावलीको नियम २१(ख) बमोजिम नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।

सभामुख अर्यालले नियम २१(घ) बमोजिम राईको ध्यानाकर्षण गराएका थिए । जहाँ अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने उल्लेख छ ।

राईले भाषा सुधार्ने र क्षमायाचना राख्ने भनेपछि सभामुख अर्यालले फेरि समय दिए । राईले गरिमामय सदनमा सभामुख आत्तिएर अचम्म भएको टिप्पणी गरेपछि सभामुखले विषयमा कुरा राख्न ध्यानाकर्षण गराए ।

राईले 'एउटा सदस्यले कुरा राख्दै गर्दा तपाइले जुन व्यवहार गर्नुभयो, यो हिसाबले तपाइले पाँच वर्ष चलाउनुहुन्न, तपाईहरुको खुट्टी हेरिसकेपछि, तपाईले के भन्दैछ भनेर कुरा सुन्नु पर्यो कि परेन ?' भनिरहँदा सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर स्वीकृत भएको छ ।
आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

सांसदहरुले आफ्नो नाम र नम्बर गलत राखिएको गुनासो गरेका छन् ।
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरै