नेभिगेशन
जनप्रतिनिधिका कुरा

एमाले सांसद राजेन्द्र राईको सभामुखमाथि असंसदीय टिप्पणी, प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । एमाले सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्यालमाथि असंसदीय टिप्पणी गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

विहान ११ बजे सुरु भएको प्रतिनिधि सभा बैठकमा राईले आकस्मिक समयमा बोल्ने क्रममा सभामुखलाई कान सुन्नु हुन्छ कि सुन्नु हुन्न भन्दै टिप्पणी गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो सभामुखको अपमान गर्ने अभिव्यक्ति भन्दै सभामुख अर्यालले तत्कालै आपत्ति जनाउँदै राईलाई रोकेका थिए ।

Marvel

यो भनाइमा रास्वपा सांसद ज्वाला संग्रौलाले प्रतिनिधि सभाको नियमावलीको नियम २१(ख) बमोजिम नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।

सभामुख अर्यालले नियम २१(घ) बमोजिम राईको ध्यानाकर्षण गराएका थिए । जहाँ अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने उल्लेख छ ।

राईले भाषा सुधार्ने र क्षमायाचना राख्ने भनेपछि सभामुख अर्यालले फेरि समय दिए । राईले गरिमामय सदनमा सभामुख आत्तिएर अचम्म भएको टिप्पणी गरेपछि सभामुखले विषयमा कुरा राख्न ध्यानाकर्षण गराए ।

राईले 'एउटा सदस्यले कुरा राख्दै गर्दा तपाइले जुन व्यवहार गर्नुभयो, यो हिसाबले तपाइले पाँच वर्ष चलाउनुहुन्न, तपाईहरुको खुट्टी हेरिसकेपछि, तपाईले के भन्दैछ भनेर कुरा सुन्नु पर्यो कि परेन ?' भनिरहँदा सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।