नेभिगेशन
नेताका कुरा

प्रधानमन्त्रीलाई रूलिङ गरेर सदनमा बोलाउन एमालेको माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर सदनमा बोलाउन माग गरेको छ ।

प्रधानमन्त्री शाह एक महिना १७ दिनदेखि सदनमा नआएको भन्दै एमालेले सदनमा आएर जवाफ दिनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आकस्मिक समयमा भने, 'सभामुखज्यू प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्यो । उहाँलाई डाक्नपर्यो । यो सदन जनताबाट चुनिएर आएका प्रतिनिधिको हो । र नियमावलीमा भएको प्रधानमन्त्री अनिवार्य आएर जवाफ दिनुपर्छ भन्ने किन आउनुभएन ? रुलिङ गर्नुपर्छ । डाक्नुपर्छ । उठेका कुरामा जवाफ दिनुपर्छ । सधैभरी आन्दोलन गरिराख्नुपर्ने, उठिराख्नुपर्ने कहिलेसम्म हो ?' 

Ncell
Extreme Energy

उनले सभामुखमार्फत प्रधानमन्त्रीलाई यो रोस्टममा उभ्याएर हिजो दिएका विचारका सम्बन्धमा स्पष्ट पार्न लगाउनुपर्ने बताए ।

'प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । सम्वाद र सहमतिका आधारमा अगाडि बढाउ,' उनले भने । 

श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले पनि प्रधानमन्त्री आएर अभिव्यक्ति सच्याउनुपर्ने बताए । नियमावलीअनुसार प्रधानमन्त्री हाजिर गराउन सभामुखलाई अनुरोध गरे ।

राप्रपाका ताहिर अली भाटले पनि प्रधानमन्त्री आएर अभिव्यक्ति सच्याउनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै