नेभिगेशन
समाज

विद्युतको आन्तरिक खपत बढाउने विषयमा नियामक निकायलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युतको उत्पादनमा मात्र ध्यान नदिई माग बढाउनेतर्फ योजनाबद्ध रूपमा लाग्नुपर्ने आवश्यकता रहेको भन्दै आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विद्युत उत्पादनलाई समेत प्राथमिकतामा राख्दै ग्रीडमा थपिँदै गएको नयाँ क्षमतालाई दीर्घकालीन रूपमा व्यवस्थापन र खपत गर्ने भन्नेबारे मन्त्रालय गम्भीर रहेको धारणा व्यक्त गरेका थिए ।

Ncell
Extreme Energy

विद्युत आपूर्तिमा अवरोध र  बारम्बार बत्ती जाने समस्या देखिने गरेकाले मजबुत र भरपर्दो व्यवस्थापन गर्न आफूले निर्देशन दिएको उनले बताए ।

मन्त्री श्रेष्ठले भारत र बाङ्गलादेशमात्रै नभइ भविष्यमा म्यानमार र थाइल्याण्ड जस्ता पूर्वी एसियाली बजारहरूसम्म पनि नेपाली विद्युत पुर्‍याउने सोच राखिएको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर स्वीकृत भएको छ ।
आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

सांसदहरुले आफ्नो नाम र नम्बर गलत राखिएको गुनासो गरेका छन् ।
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरै