नेभिगेशन
समाज

विधानमा उल्लेख कारबाहीको बिषयलाई फरक ढंगले नबुझिदिन सांसद पराजुलीको आग्रह

काठमाडौँ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको संशोधित विधानमा उल्लेख कारबाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताएका छन् ।

बुधबार सिंहदरबारस्थीत संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले पार्टीको संशोधित विधान कुनै एक व्यक्तिले नभई केन्द्रीय समितिबाट छलफल भएर पारित भएको भन्दै कारबाहीको बिषयलाई फरक ढंगले बुझ्न नहुने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विधानमा सभापति देखि सदस्यसम्मको चयन प्रक्रिया र बर्खास्त हुने अवस्थाको परिकल्पना गरिएको धारणा व्यक्त गरेका थिए । अन्य पदाधिकारीहरू जस्तै संसदीय दलको नेताको पदको अन्त्यका बारेमा पनि विधानमा व्याख्या गरिएको उनको भनाइ छ ।

Marvel
Extreme Energy

सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउन सक्ने प्रावधानका बिषयमा नेता पराजुलीले विधानमा उल्लेख प्रावधानको अपव्याख्या गर्न खोजिएको तर्क गरे ।

विधान बनाउँदा कुनै निश्चित व्यक्ति वा पदलाई हेरेर नभइ आगामी दिनमा पार्टीलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्य राखेर बनाइएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनुवाइ समितिका सभापति श्रेष्ठसँग पीएनएओ परिचयपत्र र भिसा सहुलियतको माग

सुनुवाइ समितिका सभापति श्रेष्ठसँग पीएनएओ परिचयपत्र र भिसा सहुलियतको माग

थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्ति (पीएनओ) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूले संघीय संसद् संसदीय सुनुवाइ समितिका सभापति एवं रास्वपा सांसद बोधनारायण श्रेष्ठसँग बैंककमा भेट...
निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ ।
हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।