नेभिगेशन
नेताका कुरा

संविधान संशोधनको बहस चलाउँदै कांग्रेस, आज आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको बहस अगाडि बढाएको छ । 

गत चैत १० मा केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पुष्पा भुसालको संयोजकत्वमा संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न सात सदस्यीय विज्ञ समिति गठन गरेको कांग्रेसले विहीबार आफ्नो दृष्टिकोण सार्वजनिक गर्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले सभापति गगनकुमार थापाको प्रमुख उपस्थितिमा संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक कार्यक्रम गर्न लागेको हो । 

Marvel
Extreme Energy

कार्यक्रममा संविधान संशोधनमा कांग्रेसको धारणा सार्वजनिक गरिने प्रचार विभागले जनाएको छ । 

सरकारी कार्यदलले संविधान संशोधनको बहसपत्रका लागि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएका बेला कांग्रेसले पनि अध्ययन गरेर आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेको हो । 

कांग्रेसले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको बहसपत्र कार्यदललाई अस्वीकार गर्दै प्रतिनिधि पठाएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुनुवाइ समितिका सभापति श्रेष्ठसँग पीएनएओ परिचयपत्र र भिसा सहुलियतको माग

सुनुवाइ समितिका सभापति श्रेष्ठसँग पीएनएओ परिचयपत्र र भिसा सहुलियतको माग

थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्ति (पीएनओ) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूले संघीय संसद् संसदीय सुनुवाइ समितिका सभापति एवं रास्वपा सांसद बोधनारायण श्रेष्ठसँग बैंककमा भेट...
निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ ।
हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।