नेभिगेशन
नेताका कुरा

एमाले कार्यदलको बैठक बस्दै, ओली हटाउने प्रतिवेदन बन्ला ?

काठमाडौँ । नेकपा एमालेको पुनर्गठन सुझाव कार्यदलको बैठक आज बस्दैछ । 

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यकाअनुसार विहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्दैछ । उनकाअनुसार कार्यदलले ८ वटा भौगोलिक, एउटा गैरभौगोलिक, सबै जनसंगठनहरू, विभाग र केन्द्रीय निकायहरुसँग सुझाव लिइसकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि २२ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । 

Ncell
Extreme Energy

कार्यदलका एक सदस्यकाअनुसार अधिकांश प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सम्बन्धित प्रदेशका पदाधिकारी र जिल्ला नेताहरू पुनर्गठनको पक्षमा खुलेका छन् । 'प्रदेशहरूका ७० प्रतिशतभन्दा बढी सदस्यहरू पुनर्गठनको पक्षमा खुलेका छन् । पार्टी यथास्थितिमा अगाडि बढ्न नसक्ने, केपी ओलीलाई नै अध्यक्षमा यथावत् राखेर जाँदा तलबाट पार्टी उठाउन नसकिने धारणा प्रदेश पदाधिकारी र जिल्ला तहका नेताबाट आएको छ,' ती सदस्यले भने, 'जनसंगठनतर्फ पनि पार्टीको यही नेतृत्वलाई कायम राखेर जाँदा संगठन विस्तार गर्न कठिन हुने धारणा राख्नुभएको छ । 

ती सदस्यले तलबाट आएका सबै सुझावहरूलाई एकीकृत गरेर प्रतिवेदनको रुप दिइने बताए । गत जेठ १० गते सकिएको एमाले केन्द्रीय सचिवालयको आठौं बैठकले पार्टीलाई पुनर्गठन गर्ने विषयमा तलबाट सुझाव माग्नेगरी उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा पदाधिकारी तहका सात र ८ प्रदेश इन्चार्जहरु रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले ८ वटै प्रदेश स्तरका कमिटी, जनसंगठनहरूबाट छुट्टाछुट्टै सुझाव लिएको थियो । कार्यदलले सुझाव लिनुअघि अध्यक्ष ओलीले सातवटा प्रदेशलाई जुम मार्फत सम्बोधन गरेका थिए । बागमती प्रदेशमा भने कार्यदलसँगको छलफलपछि केन्द्रीय सदस्य एवं प्रदेश र जिल्ला तहका नेताहरूलाई गुण्डुस्थित निवासमै बोलाएर छलफल गरेका थिए । 

पुनर्गठनको पक्षमा माहोल कमजोर बनोस् भन्ने ध्येयले अध्यक्ष ओलीले कार्यदलको बैठक अगाडि सम्बोधन गरेर छलफल प्रभावित गर्न खोजेको पनि कार्यदलका सदस्यले बताएका छन् । तथापि पुनर्गठनको पक्षमा तलबाट माहोल तयार भएकाले सोहीअनुरुप प्रतिवेदन तयार हुने कार्यदलका सदस्यहरूको भनाइ छ । 

जेठ १० गते सकिएको सचिवालयको आठौं बैठकले १५ सदस्यीय चुनावी समीक्षा तथा पार्टी पुनर्गठन सुझाव कार्यदल गठन गर्दै एक महिनाभित्र प्रतिवेदन बुझाउन भनेको थियो । एक महिना १२ दिन वित्दा पनि कार्यदलले सुझाव लेखन नै थालेको छैन । कार्यविधि नै बनाउन बाँकी रहेको सदस्यहरुले बताएका छन् ।

कार्यदलले बनाएको सुझाव प्रतिवेदन सचिवालय बैठकमा पेस हुनेछ । त्यही सचिवालयले केन्द्रीय कमिटी बोलाउने र त्यहाँ छलफल गर्ने यसअघि तय गरिएको थियो ।

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमाले २५ सीटमा खुम्चिएपछि पार्टी नेतृत्वमा ओलीको विकल्प खोज्न थालिएको र एमालेभित्र पार्टी पुनर्गठनको बहसले गति लिएको हो । बीचमा उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि पुनगर्ठनको बहस केही मत्थर भएको आभाष नेता कार्यकर्ताले गरेका छन् ।

पछिल्लो समय उपाध्यक्ष पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेलले पुनर्गठन अभियानको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै