नेभिगेशन
समाज

त्रिपुरेश्वर आत्मदाह प्रयासः दाजुले गाउँमा फोन गरेर भने – अवस्था सामान्य छ

काठमाडौँ । त्रिपुरेश्वरको राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्थाबारे उनका दाजु मदनले मुगुमा रहेका उनका परिवारलाई जानकारी गराएको वडाध्यक्ष धनकर्ण छत्यालले बताएका छन् । मुगुको सोरु गाउँपालिका वडा नं ०१ का   नेपालीले बिहीबार दिउँसो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । 

उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थाबारे प्रहरीले कुनै जानकारी दिएको छैन । वडाध्यक्ष छत्यालका अनुसार दाजु मदनले परिवारलाई ‘अवस्था सामान्य छ, त्यति नआत्तिनु’ भनेर परिवारलाई सान्त्वना दिएका छन् । उनको अवस्थाबारे पालिकाले पनि बुझ्ने कोसिस गरिरहेको, पारिवारिक अवस्था र घटनाको कारणबारे पनि पत्ता लगाउने कोसिस भइरहेको उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली पेसाले राइड सेयरिङ (पठाओ) चालक रहेको प्रहरीले जनाएको छ । 

Marvel
Extreme Energy

बिहीबार दिउँसो त्रिपुरेश्वरमा बाइक रोकेका बेला काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि उनी आवेशमा आएका हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान देखिएको जनाएको छ । 

आज दिउँसो करिब १ः४५ बजे उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै उनले आफ्नै शरिरमा आगो लगाएका थिए । 

प्रहरी स्रोतका अनुसार  उनले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए । 

घटनास्थलमा खटिएका प्रहरी टोलीले तत्कालै आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । हाल उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

उनले बाढीको घटनापछि १६ वटा मोबिलाइजेसन टोली गठन गरी फोकल पर्सनहरू तोकेर खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू भइरहेको बताए । दुई वटा ल्याबमार्फत डिएनए सङ्कलन तथा प्रोफाइल...
म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८ सय घरपरिवार प्रभावित

प्रनाउ कार्कीका अनुसार जिल्लाभर २४३ घर पूर्ण र १८४ घरको आंशिक क्षति भएको विवरण सङ्कलन भएको छ । ३६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन्...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।