नेभिगेशन
समाज

पूर्वाधार मन्त्रालयको पत्रपछि भूमि व्यवस्थाले अघि बढायो काठमाडौँका सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया

काठमाडौँ । सरकारले काठमाडौँका खोलाकिनाराका सुकुम्बासीहरुलाई जग्गा दिने प्रक्रिया अघि बढाएको छ । गत वैशाखमा सरकारले काठमाडौँ उपत्यकाका नदी किनारामा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई त्यहाँबाट हटाएको थियो । 

उनीहरुलाई काठमाडौँकै सुन्दरीघाटस्थित राधास्वामी सत्संग, रानीवन क्षेत्रमा रहेको अपार्टमेन्ट, भक्तपुरको बोडे, नगरकोटको खानेपानी तथा बनेपाको रेडक्रस भवन गरी सात स्थानमा व्यवस्थापन गरिँदै आएको छ । त्यस्तै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरणले विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन समेत गरेको थियो । त्यही तथ्यांकका आधारमा सुकुम्वासी पहिचान भएकाहरुलाई जग्गा दिने प्रक्रिया भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालय एक अधिकारीका अनुसार पूर्वाधार मन्त्रालयले प्रक्रिया अघि बढाउन पत्र लेखेपछि भूमि मन्त्रालयले सुकुम्वासीहरुको तथ्यांकका आधारमा सम्बन्धित जिल्लाबाट जग्गा दिने प्रक्रिया अघि बढाउन लागिएको हो । 

Ncell
Extreme Energy

पूर्वाधार मन्त्रालयले लेखेको पत्रमा के छ ? 

पूर्वाधार मन्त्रालयले भूमि व्यवस्थालाई लेखेको पत्रमा बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको
व्यवस्थापनका लागि भूमि समस्या समाधान समिति मार्फत आवश्यक प्रक्रिया अघि बढाइदिन अनुरोध गरिएको छ । 

यसैबीच वर्षा सुरु भएसँगै सुकुम्वासी तथा अव्यवस्थित बसोबासी राखिएको सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा डुवानको समस्या बारम्बार दोहोरिन थालेको छ । शुक्रबार राति पनि एक्कासि बाढी पसेपछि त्यहाँ रहेका सुकुम्बासीहरु डुवानमा परेका थिए । उनीहरुलाई राति नै उद्धार गरिएको भए पनि लत्ताकपडा, औषधि र केही खाद्यान्न समेत नष्ट भएको सुकुम्बासीहरुले पीडा पोखेका छन् । 

विस्थापितहरुको व्यवस्थापनमा ढिलाइ भएको अवस्थालाई मध्यनजर गर्दै पहिचान भएका सुकुम्बासीहरुलाई यथाशीघ्र जग्गा दिने प्रक्रिया अघि बढाउन लागिएको मन्त्रालयले जनाएको छ । हामीले काठमाडौँ उपत्यका नदी किनाराका क्षेत्रमा बसोबास गरेकामध्ये कति सुकुम्बासी पहिचान भए भनेर भूमि समितिका सदस्यसचिव सुशील डंगोललाई सोध्यौँ । उनले अधिकार सम्पन्न बागमतीबाट प्रारम्भिक डाटा आएको त्यसको रुजु गर्ने काम भइरहेको बताए । 

अधिकार सम्पन्न बागमतीले कति गर्‍यो सुकुम्बासी पहिचान ? 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ३८८ परिवार पहिचान गरी भूमि समितिलाई बुझाएको छ । जसमा १४ सय ८८ व्यक्ति छन् । यी परिवारहरुको पनि अन्तिम रुजु गर्ने काम भइरहेको भूमि समितिका प्रवक्ताले जानकारी दिए । उनका अनुसार कीर्तिपुरको राधास्वामीमा बस्दै आएका १६ परिवारको स्याम्पलिङ गर्दा ६ परिवारको अन्यत्र घरजग्गा देखिएको छ । नगरकोटमा बस्दै आएका ९ परिवारको घरजग्गा देखिएको छ । 

यस आधारमा नागरिकता जारी भएको जिल्लाको सम्बन्धित स्थानीय तहमार्फत दोहोरो भेरिफिकेसन काम गर्ने र वास्तविक सुकम्बासीलाई शीघ्र जग्गा दिने प्रक्रिया सुरु गर्ने उनको भनाइ छ । अहिले पहिचान गरिएको होल्डिङ सेन्टरमा बस्दै आएका परिवारहरुको हो । यसबाहेक कोठा खोजेर र आफन्तकोमा बसिरहेकाहरुको हकमा पनि विवरण संकलन तथा रुजुको काम भइरहेको र अन्तिम तथ्यांक आउन बाँकी रहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले  फिर्ता पाए रकम

ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले फिर्ता पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
क्यान्सरपीडित श्रीमती पिठ्युँमा बोकेर सुनकोशी पुगे, सँगै नदीमा फाल हालेर बेपत्ता भए

क्यान्सरपीडित श्रीमती पिठ्युँमा बोकेर सुनकोशी पुगे, सँगै नदीमा फाल हालेर बेपत्ता भए

२०८३ साउन २० गते साँझ ५ बजे । दोलालघाटको भित्री बजारमा एक वृद्ध लयमा हिँडिरहेका दम्पती देखिन्छन् । वृद्ध फुर्तिलै छन् । हिँडाइ पनि टठिलै देखिन्छ । कुर्था...