नेभिगेशन
समाज

अब कर्मचारीले सरकारी ड्रेसमा फेसबुक/टिकटक रिल्स बनाउन नपाउने

कार्यालयमा पोशाक र आइडी कार्ड अनिवार्य

काठमाडौँ । आजकल बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै सरकारी कर्मचारीले कार्यालय पोशाकमा भिडियोहरु बनाएर पोस्ट गर्ने प्रचलन बढ्दो छ । निजामती कर्मचारीहरु कामभन्दा सोसल मिडियातिर ज्यादा इंगेज भएपछि सरकारले कर्मचारीहरुका लागि आचारसंहिता जारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको अचारसंहितामा भनिएको छ, 'कार्यालयको काममा रहेको समयमा, कार्यालय वा परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोशाकमा कार्यालयसँग सम्बन्धित प्रवर्धनात्मक वा शिक्षामूलक बाहेकका फोटो वा भिडियो सामग्री निर्माण गर्न वा सामाजिक सञ्जालमा राख्न हुँदैन ।'

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा पदीय जिम्मेवारी र गरिमा ख्याल गर्नुपर्ने समेत स्पष्ट पारेको छ । 'कार्यालय समय बाहेक फेसबुक, ट्वीटर, ह्वाट्स एप, लिंकड इन, टिकटक जस्ता सामाजिक सञ्जालहरु प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यवसायिक आचारसंहिताको अधिनमा रही उच्चतम सतर्कता अपनाउनु पर्दछ,' भनिएको छ । 

Ncell
Extreme Energy

यसैगरी 'सामाजिक सञ्जालको प्रयोग गर्दा सरकारी सेवाको गरिमामा आँच आउने, कर्मचारीको मानमर्दन हुने तथा जनमानसमा भ्रम एवं अविश्वास पैदा हुने, प्रचलित कानुन र व्यवसायिक मर्यादाले अस्वीकार गर्ने किसिमका श्रव्य दृश्य सामग्रीहरु राख्न एवं शेयर गर्नुहुँदैन' भनिएको छ । 

आचारसंहिता पालना गरे नगरेको सुक्ष्म अनुगमन हुने र उल्लंघन गरिए कानुन बमोजिम कारवाही हुने मन्त्रालयले जनाएको छ । 

यसअघि नेपाल प्रहरीले पनि प्रहरी पोशाकमा भिडियो बनाउने र सोसल मिडिया पोस्ट गर्ने अभ्यास बन्द गराउँदै केही प्रहरीलाई विभागीय कारवाहीसमेत गरेर रोकेको थियो । 

आचारसंहितामा कार्यालयमा रहँदा तोकिएको पोशाक र कर्मचारी परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्ने पनि भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।