नेभिगेशन
विदेशका कुरा

थाइल्याण्डको बैंककस्थित पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

आगलागी बैङ्ककको उत्तरी क्षेत्रमा रहेको ना लाडपराव पबमा भएको हो । प्रारम्भिक जानकारीअनुसार स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवाँ तथा आगो पबभर फैलिएको थियो । त्यसपछि मानिसहरू बाहिर निस्कन खोज्दा भागदौड मच्चिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनास्थलमै पुगेर २७ जनाको मृत्यु भएको पुष्टि गर्दै आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार धेरै शव पबको पछाडितर्फ रहेको शौचालय क्षेत्रमा फेला परेका छन् । त्यहाँ मानिसहरू ज्यान जोगाउन आश्रय लिन पुगेका थिए ।

Ncell
Extreme Energy

प्रारम्भिक उद्धार टोलीले सार्वजनिक गरेको दृश्यमा पबको मुख्य प्रवेशद्वारबाट ठूलो आगो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिएको थियो । आगलागी नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब आधा घण्टा लागेको थियो ।

बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टका अनुसार घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । धेरै पीडितसँग परिचय खुल्ने कागजात नभएको वा उनीहरू बेहोस रहेकाले पहिचान गर्ने काम जारी छ ।

घटनापछि आफ्ना आफन्तको खोजीमा पुगेका परिवारजनका लागि घटनास्थल नजिकै दर्ता तथा सूचना केन्द्र स्थापना गरिएको छ ।

नजिकै अर्को कार्यक्रममा प्रस्तुति दिइरहेकी गायिका सुकन्या वोङवोङवाईले आगलागीको खबर पाएपछि घटनास्थल पुगेको बताउँदै आफ्ना ब्यान्डका एक सदस्यको मृत्यु भएको, तीन जना अस्पतालमा उपचाररत रहेको र एक जना अझै सम्पर्कविहीन रहेको जानकारी दिइन् । उनका अनुसार आगलागी भएपछि तत्काल विद्युत् आपूर्ति बन्द हुँदा पब अन्धकारमय बनेको र बाक्लो धुवाँका कारण मानिसहरूले एकअर्कालाई देख्न नसकेकाले बाहिर निस्कन कठिन भएको थियो । 

थाइल्यान्डमा यसअघि पनि यस्ता दुःखद् आगलागी भएका छन् । सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । 

त्यसअघि सन् २००९ को नयाँ वर्षको पूर्वसन्ध्यामा बैङ्ककको सान्टिका नाइटक्लबमा भएको आगलागीमा ६६ जनाले ज्यान गुमाएका थिए भने २०० भन्दा बढी घाइते भएका थिए । उक्त आगलागी भित्री आतशबाजी प्रदर्शनका कारण भएको निष्कर्ष निकालिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...