नेभिगेशन
जनप्रतिनिधिका कुरा

रास्वपाले पाएको १८२ सिट प्रश्न सोध्ने नागरिकको मुख थुन्न होइन : कांग्रेस सचेतक राई

सरकार प्रश्न उठाउनेहरूमाथि प्रतिशोध साँध्न अघि बढेको टिप्पणी

काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार प्रश्न उठाउनेहरुमाथि प्रतिशोध साँध्न अघि बढेको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभाको आकस्मिक समय बोल्दै राईले जेन जी आन्दोलनको बलमा बहुमत पाएको सरकार अहिले जेन जीकै अभिव्यक्ति बन्देज गर्न खोजेको बताए । 'जुन जेनजीले अभिव्यक्ति स्वतन्त्रता माग्दै सडक ओगटेको थियो, आज त्यही जेनजी आफ्नै रोजेको सरकारको लाठी खाइरहेको छ। जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न बर्जित भोग्नुपरेको छ,' उनले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आज प्रश्न बर्जित हुन थालेको, लोकतन्त्रलाई संस्थागत हुन नदिने एक पछि अर्को कार्य भइरहेको र सरकार निरंकुश बन्दै गएको टिप्पणी गरे । गणेश नेपालीको घटनापछि सरकारमाथि प्रश्न उठाउँदा सरकार प्रश्न उठाउनेमाथि प्रतिशोध साँध्न उद्धत भएको उनको भनाइ थियो । यसैको प्रतिक्रियामा कांग्रेस सभापति र सञ्चारमाध्यमका अगाडि गाडी लगेर पार्क गरेको उनले बताए । 'सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छोडेर सिर्जना गरिएको यो त्रास होस्, तीनवटै घटनाको धागो एउटै ठाउँमा गएर जोडिन्छ, प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति,' उनले भने । 

Ncell
Extreme Energy

राईले बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स नदिने बताए । 'संविधानको धारा १३७ ले न्यायिक समीक्षाको व्यवस्था गर्छ। संविधानको धारा १ ले नै भन्छ, यो संविधान सर्वोच्च कानुन हो। बहुमत संविधानभन्दा माथि छैन। बहुमतले जनताको प्रतिनिधित्व गर्छ, जनताको अधिकार कुल्च्ने अधिकार दिँदैन। सरकारले जति पटक "१८२ सिटको प्रचण्ड बहुमत" दोहोर्याए पनि, त्यो संख्याले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का दिएको छैन,' उनले भने । 

यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न बर्जित छ भन्ने रहेको बताए । 'सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने संसद्‍मा

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने संसद्‍मा

प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा गएका छन् । प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछाने सँगसँगै प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका हुन् ।
लामो समयदेखि अनुपस्थित सह–सचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस

लामो समयदेखि अनुपस्थित सह–सचिवलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही सिफारिस

मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि  कार्यलयमा अनुपस्थित रहेका सह–सचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो ।
कांग्रेसले प्रधानमन्त्रीलाई सदनमै श्री ८ भनेकामा रास्वपा सांसदको आपत्ति

कांग्रेसले प्रधानमन्त्रीलाई सदनमै श्री ८ भनेकामा रास्वपा सांसदको आपत्ति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहलाई श्री ८ भनेकोमा रास्वपा सांसदले आपत्ति जनाएका छन् ।
यी जिल्लाका नदीमा आउन सक्छ आकस्मिक बाढी

यी जिल्लाका नदीमा आउन सक्छ आकस्मिक बाढी

बागमती प्रदेशका सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, मकवानपुर जिल्लाका नदीहरुमा पनि उल्लेख जलसतह बढ्ने आकलन छ ।

भर्खरै