नेभिगेशन
जनप्रतिनिधिका कुरा

रास्वपाले पाएको १८२ सिट प्रश्न सोध्ने नागरिकको मुख थुन्न होइन : कांग्रेस सचेतक राई

सरकार प्रश्न उठाउनेहरूमाथि प्रतिशोध साँध्न अघि बढेको टिप्पणी

काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार प्रश्न उठाउनेहरुमाथि प्रतिशोध साँध्न अघि बढेको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभाको आकस्मिक समय बोल्दै राईले जेन जी आन्दोलनको बलमा बहुमत पाएको सरकार अहिले जेन जीकै अभिव्यक्ति बन्देज गर्न खोजेको बताए । 'जुन जेनजीले अभिव्यक्ति स्वतन्त्रता माग्दै सडक ओगटेको थियो, आज त्यही जेनजी आफ्नै रोजेको सरकारको लाठी खाइरहेको छ। जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न बर्जित भोग्नुपरेको छ,' उनले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आज प्रश्न बर्जित हुन थालेको, लोकतन्त्रलाई संस्थागत हुन नदिने एक पछि अर्को कार्य भइरहेको र सरकार निरंकुश बन्दै गएको टिप्पणी गरे । गणेश नेपालीको घटनापछि सरकारमाथि प्रश्न उठाउँदा सरकार प्रश्न उठाउनेमाथि प्रतिशोध साँध्न उद्धत भएको उनको भनाइ थियो । यसैको प्रतिक्रियामा कांग्रेस सभापति र सञ्चारमाध्यमका अगाडि गाडी लगेर पार्क गरेको उनले बताए । 'सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छोडेर सिर्जना गरिएको यो त्रास होस्, तीनवटै घटनाको धागो एउटै ठाउँमा गएर जोडिन्छ, प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति,' उनले भने । 

Marvel

राईले बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स नदिने बताए । 'संविधानको धारा १३७ ले न्यायिक समीक्षाको व्यवस्था गर्छ। संविधानको धारा १ ले नै भन्छ, यो संविधान सर्वोच्च कानुन हो। बहुमत संविधानभन्दा माथि छैन। बहुमतले जनताको प्रतिनिधित्व गर्छ, जनताको अधिकार कुल्च्ने अधिकार दिँदैन। सरकारले जति पटक "१८२ सिटको प्रचण्ड बहुमत" दोहोर्याए पनि, त्यो संख्याले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का दिएको छैन,' उनले भने । 

यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न बर्जित छ भन्ने रहेको बताए । 'सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।