नेभिगेशन
समाज

देशमा अहिले चरम निराशा छाएको छः डा.अमरेशकुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का सांसद डा.अमरेशकुमार सिंहले देशमा अहिले चरम निराशा छाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले व्यवसायी, नागरिक, युवा र विद्यार्थी वर्गमा देखिएको वितृष्णालाई संसदले बढावा दिन नहुने उल्लेख गरेका थिए । सत्ता पक्ष र प्रतिपक्ष भन्ने स्थायी नहुने भएकाले राष्ट्रिय एकताको आवश्यकतामा उनले जोड दिए । उनले देश, जनता र लोकतन्त्र नै समाप्त भएमा कसैको अस्तित्व नरहने धारणा व्यक्त गरेका थिए ।

Ncell
Extreme Energy

सांसद सिंहले संसदभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलहरूलाई आपसी आरोप–प्रत्यारोप र घोचपेच बन्द गरी एकजुट हुन आग्रह गरे । सबै दल मिलेर एउटा साझा राष्ट्रिय मुद्दा तय गर्न सके देश, संविधान र लोकतन्त्रको रक्षाका साथै जनताको निराशालाई आशामा बदल्न सक्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै