नेभिगेशन
समाज

मिडियाका गेटमा गाडीबारे रविको बोली– रास्वपाकै नेता भए पनि कारबाही हुन्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाको गेटमा गाडी तेर्स्याउने जो सुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति लामिछानेले उक्त कार्यमा संलग्न रास्वपाकै नेता भए पनि कारबाही हुनुपर्ने बताएका हुन् ।

सभापति लामिछानेले भने– ‘समग्रमा यो जुन प्रवृत्ति देखियो, यो अस्वाभाविक भएकाले यसप्रति पार्टीले भनेको छ, पार्टी त्यसमा अडिग छ । रास्वपाकै नेता जो भए पनि कारबाही हुनुपर्छ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यसबारे पार्टीले विज्ञप्तिमार्फ आफ्नो धारणा सार्वजनिक गरिसकेको र त्यसमा पार्टी अडिग रहेको स्पष्ट पारे । ‘पार्टीले भनिसक्यो, हामीले विज्ञप्ति निकालेर भनिसक्यौं, छानबिन हुनुपर्छ कारबाही हुनुपर्छ’ लामिछानेले भने– ‘तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो । तर, यो घटनालाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट छ । तत्काललाई छोडियो कि समाइयो कि, के मुद्दा लाग्यो कि, लागेन कि, त्यो बेग्लै कुरा हो । रास्वपा त्यो पार्टी हो, जसले ७२ घण्टाभित्र सांसदलाई कारबाही गर्यो ।’

Ncell
Extreme Energy

सत्तारुढ दलका सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग समग्र विषयमा छलफल भएको जानकारी दिए ।

‘हामीले सम्पूर्ण विषयमा कुरा गर्यौं, विशेषगरी सुकुम्बासी व्यवस्थापनका विषयमा गम्भीर रुपमा छलफल गरेका छौं, अन्य सबै विषयमा परिणामुखी छलफल गर्यौं’ उनले भने । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै