नेभिगेशन
सबै कुरा

काठमाडौँ र ललितपुरका केही ठाँउ शनिबार ८ घण्टा बिजुली नआउने

 १५ भदौ । शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा दिउसो साढे ८ घन्टा विद्युत अवरूद्ध हुने भएको छ ।

टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले केथ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

Global Ime Bank

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्नेगरी कार्य भइरहेको छ ।

भोलि केथ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत आपूर्ति अवरूद्ध हुने प्राधिकरणले सूचना जारी गरेको छ ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजीनामा बुझाउँदै नाउपाका राज्यमन्त्री अरूणकुमार चौधरी

राजीनामा बुझाउँदै नाउपाका राज्यमन्त्री अरूणकुमार चौधरी

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार, चौधरीले आइतबार नै राजीनामा दिने योजना बनाएका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली हुम्लामा बेली ब्रिज उद्घाटन कार्यक्रममा सहभागी हुन गएकाले समय मिलेन।...
भोजपुर हत्या घटनाः शवलाई  ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर हत्या घटनाः शवलाई  ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७...
प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका

प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका

यहाँको टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाले प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन २०८० निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारी थालेको हो...

भर्खरै