नेभिगेशन
समाज

गभर्नर पौडेललाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले भनेका पाँच कुरा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन् ।

प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गरेका थिए ।

Ncell
Extreme Energy

प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई भनेका सुझाव सहितका  मुख्य पाँच कुरा
१) पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्ने ।

२) देशका मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औंल्याउनु पर्ने ।

३) मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन ध्यान दिनुपर्ने ।

४) नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्ने ।

५) राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउनु पर्ने ।

त्यस्तै उनले सरकार र राष्ट्र बैंक दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गतिदिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैंकले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गरेका थिए ।
सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैंकले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...