नेभिगेशन
समाज

जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहट भएर बग्ने वाग्मती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा सो क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् ।

दुवै नदीको बाँध जीर्ण भएपछि फुटेर पसेको बाढीले बर्सेनि गौर सदरमुकामलगायत दर्जनौँ बस्ती डुबानमा पर्दै आएका छन् भने करोडौँ मूल्य बराबरको धनजन तथा बालीनाली क्षति हुँदै आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही दिनअघिको वर्षाका कारण बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका–४ मा बाढी पसेपछि जनजीवन प्रभावित भएको थियो ।  बकैया नदीको बाँध फुट्दा रौतहटका आधा दर्जनभन्दा बढी नगरपालिका प्रभावित हुने कटहरियाका स्थानीय प्रकाश श्रेष्ठले बताए।

Ncell
Extreme Energy

बाँध फुट्दा रौतहटका कटहरिया, देवाही गोनाही, मौलापुर, ईशनाथ, राजपुर तथा गौर नगरपालिकाका नागरिक प्रभावित हुने श्रेष्ठले बताए । बाढी पस्दा बाँध छेउमा बसोबास गर्दै आएका नागरिक बढी प्रभावित हुने उनको भनाइ छ । “जबसम्म नदीको बाँध बलियो बन्दैन, तबसम्म बर्सेनि बाढीले यस भेगका नागरिकको धनजनमा क्षति पुर्याइरहन्छ”, श्रेष्ठले भने । 

वाग्मती नदीको बाँध कमजोर हुँदा आधा दर्जन पालिकाका नागरिक प्रभावित हुँदै आएका छन् । रौतहटका दुर्गाभगवती गाउँपालिका, गढीमाई, माधवनारायण, राजदेवी र गौर नगरपालिकाका बाँध छेउका बस्ती डुबानमा पर्ने गरेको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए । 

गत वर्ष पनि वाग्मती नदीमा आएको बाढीले करोडौँ मूल्यबराबरको धानबाली नष्ट गरेको अध्यक्ष सिंहको भनाइ छ । वाग्मती नदीको बाँध बलियो नहुँदा धेरै नागरिकले सास्ती खेप्नुपरेको छ । 

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसहितको सुरक्षा अधिकारीको टोलीले बिहीबार वाग्मती र लालबकैया नदीमा जलस्तर बढ्न थालेपछि सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै नदी नियन्त्रण बाँध तथा निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी भुसालले सम्बन्धित निकायलाई क्षतिग्रस्त भागको तत्काल मर्मत तथा आवश्यक संरक्षणका काम अघि बढाउन निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा राजदेवी नगरपालिका–३ स्थित वाग्मती नदीको बाँधमा वर्षा र नदी कटानका कारण सामान्य क्षति पुगेको पाइएको प्रजिअ भुसालले बताए । 

प्रजिअ भुसाल नेतृत्वको टोलीले परोहा नगरपालिका–३ तेजापाकडस्थित लालबकैया नदीमा निर्माणाधीन स्पर (कटान नियन्त्रण संरचना)को समेत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा निर्माणको प्रगति, बाँधको अवस्था तथा सम्भावित जोखिमबारे सम्बन्धित प्राविधिक तथा सरोकारवालासँग जानकारी लिइएको थियो ।

वर्षायाममा बाढी तथा नदी कटानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संवेदनशील क्षेत्रको नियमित अनुगमन, आवश्यक मर्मत तथा पूर्वतयारीलाई तीव्र बनाइएको प्रजिअ भुसालले बताए । उनले नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन तथा कुनै पनि विपद्सम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका थिए ।

नारायण दल गणका गणपति विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकीसहितको टोलीले दुवै नदीका बाँधको निरीक्षण गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५० मिलिमिटर पानी पर्दा माइतीघर जलमय, यस्ता छन् कारण

५० मिलिमिटर पानी पर्दा माइतीघर जलमय, यस्ता छन् कारण

माइतीघरदेखि सर्वोच्च अदालत परिसरसम्म सडकमा जमेको पानीले त्यसक्षेत्रको यातायात अस्तव्यस्त बन्यो ।
एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दायर, झण्डै २१ करोड बिगो दाबी

एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दायर, झण्डै २१ करोड बिगो दाबी

एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ ।
बिचौलिया दिपक भट्ट र व्यापारी सुलभ अग्रवालसँग धरौटी माग, तत्काल नछुट्ने

बिचौलिया दिपक भट्ट र व्यापारी सुलभ अग्रवालसँग धरौटी माग, तत्काल नछुट्ने

जिल्ला अदालत काठमाडौँले बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धितोपत्र तथा बिमासम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ ।
सरकार र मिटरब्याज पीडितबीच आज निर्णायक वार्ता

सरकार र मिटरब्याज पीडितबीच आज निर्णायक वार्ता

सरकार र मिटरब्याज पीडितबीच आज निर्णायक वार्ता हुँदैछ ।