नेभिगेशन
समाज

अविरल वर्षाले चार प्रदेशका मुख्य १३ राजमार्ग अवरुद्ध, केही एकतर्फी सञ्चालनमा

काठमाडौँ । अविरल वर्षाले चार प्रदेशका मुख्य १३ राजमार्ग अवरुद्ध भएका छन् । 

नेपाल प्रहरीकाअनुसार कोशीको २, बागमतीको चार, गण्डकीको २ र लुम्बिनी प्रदेशको ४ वटा राजमार्ग अविरल वर्षापछिको बाढी पहिरोले अवरुद्ध छ । अवरुद्ध मध्ये केही एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशीको भोजपुरमा पर्ने मध्य पहाडी लोकमार्ग बाढीले र इलाममा पर्ने मेची राजमार्ग अविरल वर्षाले बन्द छ । 

Ncell
Extreme Energy

यसैगरी बागमतीको काभ्रेमा पर्ने पिपी राजमार्ग सम्भावित बाढीलाई मध्यनजर गर्दै बन्द गरिएको छ । 

मकवानपुरमा पर्ने कान्तिलोकपथको तीनवटा सडक खण्ड पनि पहिरोले बन्द छन् ।  

सिन्धुपाल्चोकमा पर्ने अरनिको राजमार्ग पनि पहिरोले अवरुद्ध छ । 

यसैगरी गण्डकीको कास्कीमा पर्ने नयाँपुल घान्द्रुक सडक खण्ड अविरल वर्षाले बन्द गरिएको छ । यसैगरी बागलुङमा पर्ने मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध छ ।  दुबै सडक अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । 

लुम्बिनीको अर्घाखाँचीमा पर्ने सालझन्डी ढोरपाटन सडक खण्ड पनि पहिरोले अवरुद्ध छ । 

गुल्मीमा पर्ने कालीगण्डी करिडोरको दुईटा सडक खण्ड र रूद्रबेणी सडक खण्ड पहिरोले अवरुद्ध बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यी तीनै सडक पनि एकतर्फीरुपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । 

749301385_2128712445196264_4089714274224364156_n-1784251627.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, ३ हजार ९१६ सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, ३ हजार ९१६ सम्पर्कविहीन

भोटेकोशीबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ। बाढीमा परी करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।
माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

रसुवा बाढीबाट प्रभावित माथिल्लो त्रिशूली ३ ए को टनेलको मुखमा पानी भरिएको छ । रातभर परेको अविरल वर्षाले खनेको ठाउँ पानीले भरिएपछि पम्पमार्फत पानी बाहिर फालिँदैछ ।