नेभिगेशन
समाज

एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दायर, झण्डै २१ करोड बिगो दाबी

काठमाडौँ । एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनकाअनुसार सरकारी वकिल कार्यालयले बिहीबार पौडेललाई बिचौलिया दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मतियार ठहर्‍याउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेलका साथै ६ व्यक्ति र १० कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेल ८ असारमा सुर्खेतबाट पक्राउ परेका थिए । उनीविरुद्ध पाँचौँपटकसम्म म्याद थप गर्दै अनुसन्धान गरिएको थियो । अर्थमन्त्री हुँदा बिचौलिया भट्टसँग अनैतिक र गैरकानुनी साँठगाँठ तथा पदीय जिम्मेवारीको दुरुपयोग गरी लाभ दिलाएको र अप्रत्यक्ष रूपमा त्यसको हिस्सा लिएकोलगायत आरोप पौडेलमाथि छ । 

Ncell
Extreme Energy

यसअघि बिमा, धितोपत्र, बैंकिङ र सम्पत्ति शुद्धीकरणसम्बन्धी चार मुद्दा खेपेर कारागारमा रहेका भट्टविरुद्ध पनि पूरक अभियोगका रूपमा नयाँ मुद्दा दायर भएको छ । यस मुद्दामा भट्टविरुद्ध ४७ करोड ७७ लाख ६६ हजार २५० बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...