नेभिगेशन
समाज

यी आठ जिल्लाका नदीमा आकस्मिक बाढी आउन सक्ने

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

Ncell
Extreme Energy

देशका विभिन्न ठाउँमा वर्षा भइरहँदा स-साना नदीमा बाढी पूर्वानुमान गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाकाअनुसार आज काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी पूर्व, पाल्पा, अर्घाखाँची, तनहुँ, लम्जुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्नेछ । 

महाशाखाकाअनुसार ओखलढुंगा, रामेछाप, रुकुम पूर्व, जाजरकोट, डोटी, डडेल्धुरा, बझांग, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिमको
सम्भावना छ ।

महाशाखाले शनिबार सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...
बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

चौधरी फाउण्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरूमको अवधारणाअनुसार कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको हो । यसका लागि आवश्यक पर्ने स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था मिलाइनेछ...
माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा नमुना दिनेहरुको भीड छ ।
पश्चिम नवलपरासीमा १३३ शव व्यवस्थापन

पश्चिम नवलपरासीमा १३३ शव व्यवस्थापन

पश्चिम नवलपरासीमा १३३ जनाको शव व्यवस्थापन गरिएको छ ।