नेभिगेशन
सबै कुरा

खाना पकाउने ग्यासको मूल्य १८९५ पुग्यो, पेट्रोल डिजेलको पनि मूल्य बढ्यो

सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

आज बिहान बाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको मूल्य बढाएको हो ।

Global Ime Bank

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ४ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको जानकारी दिएको छ ।

त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २ सय ३५ रूपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ १७ पैसा, डिजेलमा दुई रूपैयाँ ४८ पैसा र ग्यासमा एक सय ८६ रूपैयाँ ४५ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि(२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको मूल्य तय गरिएको जनाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १७९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ ५० पैसा पर्नेछ। 

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १८१ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १६९ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १८२ रूपैयाँ प्रतिलिटर पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेल १७० रूपैयाँ पर्नेछ ।

खाना पकाउने ग्यासको भाउ भने सबैतिर १ हजार ८ सय ९५ रूपैयाँ प्रतिसिलिन्डर पर्नेछ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराजा ज्ञानेन्द्रको ७९औँ जन्मदिन, शुभकामना दिन निर्मल निवास परिसरमा शुभेच्छुकको भिड (तस्बिरहरू)

पूर्वराजा ज्ञानेन्द्रको ७९औँ जन्मदिन, शुभकामना दिन निर्मल निवास परिसरमा शुभेच्छुकको भिड (तस्बिरहरू)

पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ वर्ष पुगेका छन्। जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ, जहाँ बिहानैदेखि शुभेच्छुकहरूको भिड देखिएको छ।
डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत...
राजीनामा बुझाउँदै नाउपाका राज्यमन्त्री अरूणकुमार चौधरी

राजीनामा बुझाउँदै नाउपाका राज्यमन्त्री अरूणकुमार चौधरी

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार, चौधरीले आइतबार नै राजीनामा दिने योजना बनाएका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली हुम्लामा बेली ब्रिज उद्घाटन कार्यक्रममा सहभागी हुन गएकाले समय मिलेन।...
भोजपुर हत्या घटनाः शवलाई  ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर हत्या घटनाः शवलाई  ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला...