नेभिगेशन
समाज

कोलकाताबाट विराटनगर आइपुग्यो ‘कार्गो रेल’

विराटनगर । भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ आज एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ ।
 
खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चापदार्थ लिएर यही साउन १ गते हिँडेको ४० कन्टेनरसहितको सो कार्गो रेल आज यहाँ आइपुगेको हो । स्वास्तिक आयलको औद्योगिक कच्चापदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका थिए ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार ‘यार्ड’ हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाल भन्सार ‘यार्ड’ सम्म ल्याउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड अधिकारीहरूले संयुक्त रूपमा उक्त कार्गो रेललाई बिदाइ गर्नुभएको विराटनगर भन्सार कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । 

Ncell
Extreme Energy

यो रेल सेवा पूर्णरूपमा सञ्चालनमा आएपछि एकैपटकमा ४० फिटका ४५ वटा कन्टेनरहरू रेलमार्फत विराटनगर आइपुग्ने बताइएको छ ।  
 
सडकमार्गको तुलनामा  कार्गो रेल सुरक्षित, भरपर्दो र न्यूनलागत हुनुका साथै करिब २४ घण्टाको समयावधिमा कोलकाताबाट विराटनगरसम्म आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायीको भनाइ छ ।
 
वीरगञ्जमा मात्र उपलब्ध यस्तो रेल कार्गो सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि पूर्वी क्षेत्रका उद्योगी व्यसायी खुसी देखिन्छन् । यसअघि विराटनगरमा कार्गो रेल २०८० जेठ १८ गते आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद् भन्छन् : तीन चार दिन ठूलो वर्षाको जोखिम छैन

मौसमविद् भन्छन् : तीन चार दिन ठूलो वर्षाको जोखिम छैन

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन ठूलो वर्षाको जोखिम नरहेको बताएको छ ।
विपी स्मृति दिवसमा गगन थापा पाँच किलोमिटर दौडिने !

विपी स्मृति दिवसमा गगन थापा पाँच किलोमिटर दौडिने !

नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसका अवसरमा ग्रिन रन कार्यक्रमको आयोजना गरेको छ ।
लोक सेवाका विज्ञापन नरोकिने, तर भर्नामा मितव्ययिता अपनाइने

लोक सेवाका विज्ञापन नरोकिने, तर भर्नामा मितव्ययिता अपनाइने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लोक सेवा आयोगका नियमित विज्ञापन नरोकिने प्रस्ट पारेको छ ।

भर्खरै