नेभिगेशन
समाज

DGO ओटिटी प्लेटफर्मद्वारा नयाँ रेकर्ड कायम, दर्शक सङ्ख्या ७ लाख पार

काठमाडौँ । डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ओटीटी (OTT) प्लेटफर्म DGO ले ७ लाखभन्दा बढी (७,००,०००) दर्शकलाई आफ्नो प्लेटफर्ममा आबद्ध गराउँदै नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ ।

कम्पनीका अनुसार दर्शकको यो उल्लेखनीय सहभागिताले DGO लाई नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा स्थापित गरेको छ । पछिल्लो समय प्लेटफर्ममा प्रयोगकर्ताको संख्या तीव्र रूपमा वृद्धि हुनु डिजिटल मनोरञ्जनप्रति नेपाली दर्शकको बढ्दो आकर्षणको संकेत भएको कम्पनीले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

DGO ले हालै फिफा विश्वकप २०२६ (FIFA World Cup 2026) को विश्वव्यापी स्ट्रिमिङ अधिकार प्राप्त गरेसँगै विश्वस्तरीय खेलकुद प्रतियोगिता तथा उच्च माग भएका प्रिमियम कन्टेन्टहरू मोबाइल, स्मार्ट टेलिभिजन र अन्य स्मार्ट डिभाइसमार्फत दर्शकमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको छ।

Ncell
Extreme Energy

कम्पनीका अनुसार प्लेटफर्ममा देखिएको रेकर्डस्तरको दर्शक सहभागिता अन्तर्राष्ट्रिय स्तरका कन्टेन्ट विस्तार, गुणस्तरीय डिजिटल सेवा तथा प्रयोगकर्तामैत्री प्रविधिमा गरिएको निरन्तर लगानीको परिणाम हो।

DGO ले आगामी दिनमा पनि थप अन्तर्राष्ट्रिय तथा स्वदेशी प्रिमियम कन्टेन्ट विस्तार गर्दै नेपाली दर्शकलाई उत्कृष्ट डिजिटल मनोरञ्जन अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...