नेभिगेशन
समाज

DGO ओटिटी प्लेटफर्मद्वारा नयाँ रेकर्ड कायम, दर्शक सङ्ख्या ७ लाख पार

काठमाडौँ । डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ओटीटी (OTT) प्लेटफर्म DGO ले ७ लाखभन्दा बढी (७,००,०००) दर्शकलाई आफ्नो प्लेटफर्ममा आबद्ध गराउँदै नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ ।

कम्पनीका अनुसार दर्शकको यो उल्लेखनीय सहभागिताले DGO लाई नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा स्थापित गरेको छ । पछिल्लो समय प्लेटफर्ममा प्रयोगकर्ताको संख्या तीव्र रूपमा वृद्धि हुनु डिजिटल मनोरञ्जनप्रति नेपाली दर्शकको बढ्दो आकर्षणको संकेत भएको कम्पनीले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

DGO ले हालै फिफा विश्वकप २०२६ (FIFA World Cup 2026) को विश्वव्यापी स्ट्रिमिङ अधिकार प्राप्त गरेसँगै विश्वस्तरीय खेलकुद प्रतियोगिता तथा उच्च माग भएका प्रिमियम कन्टेन्टहरू मोबाइल, स्मार्ट टेलिभिजन र अन्य स्मार्ट डिभाइसमार्फत दर्शकमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको छ।

Ncell
Extreme Energy

कम्पनीका अनुसार प्लेटफर्ममा देखिएको रेकर्डस्तरको दर्शक सहभागिता अन्तर्राष्ट्रिय स्तरका कन्टेन्ट विस्तार, गुणस्तरीय डिजिटल सेवा तथा प्रयोगकर्तामैत्री प्रविधिमा गरिएको निरन्तर लगानीको परिणाम हो।

DGO ले आगामी दिनमा पनि थप अन्तर्राष्ट्रिय तथा स्वदेशी प्रिमियम कन्टेन्ट विस्तार गर्दै नेपाली दर्शकलाई उत्कृष्ट डिजिटल मनोरञ्जन अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् ।...
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो ।
प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...

भर्खरै