नेभिगेशन
नेताका कुरा

के बालेनले मन्त्री फेर्न लागेका हुन् ?

काठमाडौँ । अहिले नेपाली राजनीतिक वृत्तमा मन्त्री फेरिन लागेको हल्ला चर्को छ ।

आज भोलि नै मन्त्री फेरिने समाचार मिडियाहरूमा पनि आइरहेका छन् । केही मन्त्रीहरूलाई कार्यसम्पादनमा कमजोर करार गरेर फेरिने खालको खबरले मन्त्रालय तथा नागरिकमा अन्योलता बढाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

औपचारिक पुष्ट्याइबिना आएका खबरहरू र अन्योलता स्पष्ट पार्न हामीले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहलाई सौध्यौं, के प्रधानमन्त्री बालेन शाहले मन्त्री फेर्न लागेका हुन् ? 

Ncell
Extreme Energy

उनको स्पष्ट जवाफ छ, 'एउटा पनि मन्त्री फेरिँदैन । जति पनि बाहिर आएको छ भ्रम हो । रास्वपाले कुनै पनि मन्त्री फेर्दैन । सबैको पर्फमेन्समा राम्रो छ । यो यो त्यो भनेर आएका काल्पनिक कथाबाट भ्रमित हुनुहुँदैन । कुनै मन्त्री निकाल्नेवाला छैन ।' 

सल्लाहकार शाहले प्रधानमन्त्री र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सुमधुर सम्बन्ध रहेको पनि स्पष्ट पारे ।

'अर्थमन्त्री र प्रधानमन्त्रीको सम्बन्ध डे वान जस्तै एकदम सुमधुर छ । कही पनि समस्या छैन । कुनै समस्या छैन,' उनले भने । 

शाहले सरकार अहिले बजेट कार्यान्वयनमा केन्द्रीत भएको र मन्त्रीहरू त्यसमै लागिरहेको बताए । उनले सांसदहरूलाई १५ दिन भुइँमान्छेको पिरमर्का सुन्न पठाइएको र फर्केपछि सरकारले सम्बोधन गर्ने पनि बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

सरकारले विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान...
दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।