नेभिगेशन
नेताका कुरा

पुष्पलाल स्मृति दिवसका दिन नारायणकाजी श्रेष्ठले राखेका दुई प्रस्ताव

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले बामपन्थीहरूलाई पनि एकताबद्ध अगाडि बढाउनु पर्ने बताएका छन् ।  पुष्पलाल स्मृति दिवसका दिन काठमाडौंमा एमाले राजधानी प्रदेश कमिटीले राखेको कार्यक्रममा बोल्दै उनले आफूले तुरुन्तै पार्टी एकता गरिहालौं भनेर नभनेको, त्यसका लागि आधार बनाउनुपर्ने बताएका हुन् ।

‘बामपन्थीहरूलाई एकताबद्ध रूपमा लअगाडि बढाउनु छ। त्यसको मतलब मैले अहिले तुरुन्तै पार्टी एकता गरिहालौँ, त्यो परिस्थिति तयार भइसकेको छ भनेको होइन। तर त्यसलाई केन्द्र मिसनमा नराखिकन हुँदैन। अहिले भने हामीले हाम्रो सहकार्य र कार्यगत एकताको प्रक्रिया अगाडि बढाऊँ । सबै पार्टीहरूले आफ्नोआफ्नो रुपान्तरण र पुनर्गठनको प्रक्रिया अगाडि बढाऊँ,’ उनले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्नोआफ्नो पार्टी रुपान्तरणको प्रक्रिया, पुनर्गठनको प्रक्रिया अगाडि बढाएपछि अहिलेको संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा देशभक्त, लोकतन्त्र पक्षधर र बामपन्थी शक्तिहरूको सहकार्य प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका थिए । 

Ncell
Extreme Energy

‘त्यसपछि रूपान्तरित र पुनर्गठित बामपन्थी शक्तिहरुले एउटै केन्द्र बनाउने दिशातिर अगाडि बढाऊँ । ताकि सिंगो कम्युनिस्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनप्रति अगाडि बढोस् । र, देशको नेतृत्व गर्न सकियोस् त्यस्तो अवस्थामा यस्तो एकीकृत रुपान्तरित र पुनर्गठित कम्युनिस्ट केन्द्रले नयाँ वैचारिकको आधारमा अगाडि बढ्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

सरकारले विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान...
दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।