नेभिगेशन
नेताका कुरा

ओलीको प्रस्ताव– लोकतन्त्र वापस ल्याउन सबै वामपन्थी शक्ति मिलौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र वापस ल्याउन सबै वामपन्थी शक्ति मिल्नुपर्ने बताएका छन् । पुष्पलाल स्मृति दिवसका सन्दर्भमा एमाले राजधानी प्रदेश कमिटीले राखेको प्रवचन कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रगतिवादी बामपन्थी दलहरू मिल्नुपर्ने बताएका हुन् ।

‘आज हरेक दलहरू; खास गरेर लोकतान्त्रिक प्रगतिवादी बामपन्थी दलहरू एकताबद्ध हुन जरुरी छ । आन्तरिक रुपमा पार्टी सुदृढ एकतामा जान जरुरी छ ।  नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहन्छ। म अरूलाई पनि सुझाव दिन चाहन्छु– वामपन्थी प्रगतिशील वा लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढ्नुस् । हामी सबै प्रगतिशील लोकतान्त्रिक शक्तिहरू, वामपन्थी लोकतान्त्रिक देशभक्त शक्तिहरू, सबै शक्तिहरू मिलेर देशका लागि, जनताको हितमा, लोकतन्त्र वापस ल्याउन, संविधानको रक्षा गर्न, सुशासन फेरि वापस ल्याउन, कानुनी राज पुनर्स्थापना  गर्न, दृढताका साथ अगाडि बढौं । एकजुट भएर अगाडि बढौं,’ उनले भने ।
आफूले सबै पार्टी एकै ठाउँमा मिलेर, एउटै पार्टी बनाएर जाऊँ नभनेको पनि बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पार्टी आफ्नाआफ्ना भए पनि हुन्छ । काममा चाहिँ मिलौं । सहकार्य चाहिँ गरौं । समान उद्देश्यका लागि समान काममा त जुटौं । त्यसमा जुटौं न आग्रह सबैमा हो,’ उनले भने ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

सरकारले विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान...
दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।