नेभिगेशन
समाज

संघीय सरकारको चासो बढेपछि अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

काठमाडौँ । गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको छ ।

भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि  संस्थानले जग्गाको लगत सङ्कलन र अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया प्रारम्भ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुठी संस्थानले मठमन्दिर र पोखरी अतिक्रमण गरी भौतिक संरचना बनाएर बसेकाहरुलाई जग्गा खाली गर्न सूचना जारी गरेको छ ।
गुठी जग्गाको मालिक सम्बन्धित गुठी वा गुठी संथान हो, र गुठी जग्गालाई रैतानी गर्ने प्रक्रिया संविधानसँग बाझिएको भन्दै अदालतले विसं २०६४ माघ १० गतेको फैसलाबाट रोक लगाएको छ ।

Extreme Energy

गुठी जग्गा कमाउनेले स्वतः मोहियानी हक नपाउने सर्वोच्च अदालतको फैसलामा उल्लेख छ । संस्थानका प्रशासन प्रमुख धु्रव घिमिरेको संयोजकत्वमा गठित कार्यदलले जनकपुरधामस्थित गुठी र गुठी संस्थानका जग्गा सात दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

जनकपुरधाममा गुठी संस्थानका ४९ वटा पोखरी छन् । सात वटा पोखरीको लगत सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ भने पाँच वटा पोखरी लोप भइसकेको गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाले जानकारी दिए ।

पोखरी पुरेर बस्ती, होटल, अस्पताल, व्यापारिक प्रतिष्ठान र कलेज निर्माण गरिएको उनले बताए । गुठी संस्थानसँग जग्गाको अद्यावधिक अभिलेख नरहेकाले अतिक्रमणको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन ।

जनकपुरधाममा गुठी संस्थानका करिब २२ देखि २५ विघा जग्गा अतिक्रमणमा परेको हुन सक्ने अनुमान गरिएको छ ।   प्रमुख झाका अनुसार रत्न सागरमा करिब नौ बिघा र बेलाकुट्टीमा करिब चार बिघा भन्दा बढी जग्गा अतिक्रमणमा परेको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । यसले आन्ध्र प्रदेशका...
दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

सरकारले दशैँ बोनस नदिने अस्पताललाई कारवाही गर्दै जवाफदेही बनाएको छ । बोनस नदिएको गुनासोपछि युवा, श्रम तथा रोजगार मन्त्रालयको सक्रियतामा अस्पताललाई जवाफदेही बनाउँदै बोनस दिलाएको हो ।
'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई...