नेभिगेशन
सबै कुरा

नाम चलेका ब्रान्डका नक्कली रक्सी उत्पादन गर्ने ९ जना पक्राउ

काठमाडौँ । स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरेर बजारमा पुर्याउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा रामेछापको खाँडादेबी गाउँपालिका–२ का २८ वर्षीय मनोज खत्री, २० वर्षीय मनिश खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की, रामेछापकै मजुवा गाउँपालिका–३  का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकको चौतारा गाउँपालिका –३ का २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की, सिन्धुलीको कमलामाई नगरपालिका–९ का २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, काठमाडौँ कागेश्वरी मनोहरा–६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।

Extreme Energy
citizen life

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई कागेश्वरी मनोहरा नगरपालिका–  ५ थलिबाट नियन्त्रणमा लिएको हो । उनीहरुका साथमा प्रहरीले  नक्कली मदिरा, कच्चा पदार्थ लगाएतका सामाग्री पनि नियन्त्रणमा लिएको छ । उनीहरुले खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक लगायत ब्राण्डका नक्कली मदिरा बजारमा पठाउने गरेको खुलेको हो । त्यस्तै प्रहरीले उनीहरुले संचालन गरेको कारखानाबाट सगुन ब्राण्डको मदिरा, मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद गरेको छ । 

उनीहरुले नक्कली मदिराको कारखाना र गोदामनै खोलेर धन्दा चलाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले  महँगा ब्रान्डका मदिराका बोतलमा नक्कली रक्सी मिसाएर बजार पठाउने गरेका हुन । 

पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए ।

उनीहरुले चिनी र पानी मिलाएर पकाउने र त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्रि गर्ने खुलेको प्रहरीले जनाएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई...
कीर्तिपुर हत्या प्रकरणः कसूरमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

कीर्तिपुर हत्या प्रकरणः कसूरमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

कर्तव्य ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज अदालतमा पेस गरेको हो ।
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय...