नेभिगेशन
समाज

कीर्तिपुर हत्या प्रकरणः कसूरमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक बुधबार गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ घर भइ कीर्तिपुर वर्ष २५ का महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगा बस्ने वर्ष २३ का रवीन्द्र धामी  र कैलालीको घोडाघोडी घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने वर्ष २२ का रोशन बिष्ट रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्तव्य ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज अदालतमा पेस गरेको हो । 

Ncell
Extreme Energy

उनीहरुविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सडक सम्पर्क टुटेका बस्तीमा ड्रोनबाट राहत

सडक सम्पर्क टुटेका बस्तीमा ड्रोनबाट राहत

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखा र रसुवाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याउन थालिएको छ।
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा हात्तीको आक्रमणबाट ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। आक्रमणमा परी ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्।
बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजना रोक्नुभन्दा प्राकृतिक जोखिमलाई ध्यानमा राखेर एकीकृत विकास योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।
रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

गोरखाको धार्चे गाउँपालिका–३, उहियामा ज्यान जोखिममा रहेकी २१ वर्षीया गर्भवती सुस्मि घलेलाई नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।