नेभिगेशन
समाज

सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छिन् ।

उनले शुक्रबार दिउँसो गाडी फिर्ता गरेकी हुन् । कार्कीका प्रेस सल्लाहकार राम रावलका अनुसार अहिले उनीसँग कुनै पनि सरकारी गाडी छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्कीले शितल निवास पुगेरमा प्रधानमन्त्रीकारुपमा बालेनलाई कार्यभार हस्तान्तरण गरेपछि सरकारले नै घरसम्म पुर्याएको गाडी प्रयोग गर्दै आएकी थिइन् । 

Ncell
Extreme Energy

उक्त गाडी पूरानो र ठुलो पनि भएको तथा लगातार समस्या आइरहेपछि फिर्ता गरिएको रावलले जानकारी दिए । 

रावलले भने, पूर्वप्रधानमन्त्रीकारुपमा उहाँले कुनै पनि सुविधा लिनु भएको छैन,माग्नु भएको पनि छैन । 

कार्की पूर्व प्रधानन्यायाधीश समेत भएकाले उनले सर्वोच्चबाट अवकाश लिदाँनै पाएको सुविधाको गाडी पनि अहिले उनीसँग नभएको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार पूर्व प्रधानन्यायाधीशकारुपमा पाउनु पर्ने गाडी सुविधा भने कार्कीलाई अहिले आवश्यक देखिएको छ । 

यता सरकारले पनि पूर्व विशिष्टहरुले प्रयोग गर्दै आएको सुविधा फिर्ता गर्न आग्रह गरेको थियो । साथै गृहमन्त्रालयले पूर्व विशिष्टहरुलाई समेत कानुन बाहिरको सुविधा फिर्ता गर्न आग्रह गरेको थियो । 

केहि दिन अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको सरकारी गाडी सरकारले फिर्ता लिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हाम्रो आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

हाम्रो आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।