नेभिगेशन
समाज

खुकुरी प्रहार गरी एक महिलाको हत्या

काठमाडौँ । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ ।

शुक्रबार बिहान करिब १०ः३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेका हुन् ।

Extreme Energy

घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए । गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । यसले आन्ध्र प्रदेशका...
दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

सरकारले दशैँ बोनस नदिने अस्पताललाई कारवाही गर्दै जवाफदेही बनाएको छ । बोनस नदिएको गुनासोपछि युवा, श्रम तथा रोजगार मन्त्रालयको सक्रियतामा अस्पताललाई जवाफदेही बनाउँदै बोनस दिलाएको हो ।
'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई...