नेभिगेशन
मुख्य समाचार

मनाङ र दार्चुलाका बिरामी किन पुग्दैनन् कीर्तिपुर जलन उपचार केन्द्र ?

काठमाडौँ । गम्भीर जलनमा पर्दा वा शरीरको कुनै भाग आगोले पोल्दा उपचारका लागि सबैले सम्झने एकमात्र भरपर्दो नाम कीर्तिपुर अस्पताल हो । विशेषतः तेजाब आक्रमणका घटनापछि यो अस्पताल अझ बढी चर्चामा आयो । दुर्गम होस् वा सुगम, आगलागी वा जलनबाट पीडित बिरामीलाई प्राथमिक उपचारपछि यही केन्द्रमा रिफर गर्ने गरिएको छ ।

सबैले यसलाई बर्न अस्पताल नै भनेर  चिन्ने गर्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिलेसम्मको तथ्याङ्क हेर्दा देशका ७७ जिल्लामध्ये दुईवटा बाहेक अन्य सबै क्षेत्रबाट उपचारका लागि बिरामीहरू यहाँ आउने गरेका छन् । ती दुई अछुतो जिल्ला हुन्– एक हिमालपारिको मनाङ र अर्को सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला ।

Ncell
Extreme Energy

Screenshot-2026-07-24-185209-1784898709.png
सन् २०१४ यता कीर्तिपुरस्थित जलन उपचार केन्द्रले बिरामीको तथ्याङ्क राख्दै आएको छ । तर गएको १२ वर्षमा यी दुवै जिल्लाबाट एक जना पनि जलनका बिरामी उपचारका लागि यहाँ आइपुगेका छैनन् ।

सन् २०१४ मा ३५ जिल्लाका ९० जना बिरामी उपचारका लागि भर्ना भएका थिए । यो सङ्ख्या सन् २०१५ मा ५४ जिल्लाबाट १ सय ९४ पुग्यो भने सन् २०१६ मा ६१ जिल्लाका ३ सय ७३ बिरामी केन्द्रमा भर्ना भए ।

सन् २०१४ देखि २०२५ सम्म आइपुग्दा उपचारका लागि आउने जिल्लाको सङ्ख्या ७५ पुगेको छ र बिरामीको चाप पनि दिनानुदिन बढ्दो छ । पछिल्लो तीन वर्षको तथ्याङ्क केलाउँदा पनि मनाङ र दार्चुलाका बिरामी यो केन्द्रसम्म आएको अभिलेख छैन । सन् २०२३ मा ७५ जिल्लाबाट ७ सय ९०, सन् २०२४ मा ७ सय ५३ र सन् २०२५ मा ८ सय ७७ जना बिरामी भर्ना भए, तर तिनमा मनाङ र दार्चुलाका कोही थिएनन् ।

Screenshot-2026-07-24-185841-1784898832.png
अस्पतालका प्लास्टिक सर्जन डा. शङ्कर राई भन्छन्, ‘म स्थापनाकालदेखि यहीँ छु, हजारौंको उपचार गरेँ तर दार्चुला र मनाङको एक जना पनि बिरामी भेट्टाएको छैन।’

उनका अनुसार भौगोलिक विकटताका कारण दार्चुलाका बिरामी काठमाडौँभन्दा नजिक पर्ने भारततिर जाने गरेका हुन सक्छन् भने मनाङको विषयमा उनी अनभिज्ञ छन् । ‘मनाङमा जलन नै नहुने भन्ने त होइन होला, त्यहाँ घटना हुँदा बिरामीले के गर्छन् भन्नेमा अचम्म छौँ,’ उनले भने ।

यसैबीच, एक सय शय्याको कीर्तिपुर अस्पतालले बिरामीको चापलाई मध्यनजर गर्दै हाल क्षमता विस्तार गरी १ सय ३० बेडमार्फत सेवा दिइरहेको छ । जसमा जलन उपचारका लागि मात्रै ३६ वटा विशेष बेड सञ्चालनमा छन् । प्रायः सधैँ यी सबै बेड भरिने गरेका छन् । आपत्कालीन अवस्थामा जटिल बिरामी आएमा सामान्य अवस्थामा फर्किसकेका बिरामीलाई अन्य वार्डमा सार्ने गरिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।
भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।
विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

विश्वमञ्चमा बालेन : नेपालले भोगेको बाढीबाट विश्वलाई चेतावनी

धानमन्त्री बालेन शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्।