नेभिगेशन
नेताका कुरा

सुनसरी हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न खुश्बु ओलीको माग

भन्छिन्, स्थानीय विवादमै प्रहरीको गोलीबाट नागरिकको ज्यान जाने कस्तो आन्तरिक सुरक्षा ?

काठमाडौँ । राप्रपाकी प्रमुख सचेतक एवं सांसद खुश्बु ओलीले सुनसरीमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छिन् । 

सुनसरीमा हिंसा चर्किएर कर्फ्यू नै लागेका बेला खुश्बुले सोमबार विहान फेसबुकमार्फत एउटा स्थानीय विवादमा केही घण्टामै प्रहरीको गोली चल्ने, नागरिकको ज्यान जाने र पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाउनुपर्ने अवस्थासम्म पुग्नु सामान्य घटना नभएको उल्लेख गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले देशको आन्तरिक सुरक्षा प्रणालीमाथि पनि प्रश्न उठाएकी छिन् । यो घटना आन्तरिक सुरक्षा संयन्त्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरेकी छिन् । 

Marvel
Extreme Energy

खुश्बुले यो घटनालाई नियमित प्रशासनिक चुनौतीभन्दा पर आन्तरिक सुरक्षाको रणनीतिक प्रश्नका रूपमा लिएर गृह मन्त्रालय र सम्बन्धित निकायले अबका दिनमा कुनै पनि घटना हुन नदिन प्रारम्भिक सूचना संकलन, जोखिम विश्लेषण, समुदायसँगको समन्वय, संवेदनशील क्षेत्रमा पूर्वतयारी र संयमित सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको औल्याएकी छिन् । 

उनले भनेकी छिन्, 'सुनसरीको घटनाको निष्पक्ष छानबिन होस्। दोषीमाथि कानुनी कारबाही होस्। र, भविष्यमा यस्ता घटना दोहोरिन नदिने संस्थागत सुधारमा सम्बन्धित निकाय अघि बढोस्। किनभने, आन्तरिक सुरक्षा बलियो भए मात्र हाम्रो राष्ट्रिय सुरक्षा बलियो हुने हो ।'  

खुश्बु ओलीले लेखेकी छिन्:

सुनसरीमा भएको पछिल्लो हिंसात्मक घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ: हाम्रो आन्तरिक सुरक्षा प्रणाली सानातिना तनावहरूलाई समयमै पहिचान र व्यवस्थापन गर्न कति सक्षम छ? एउटा स्थानीय विवादमा केही घण्टामै प्रहरीको गोली चल्ने, नागरिकको ज्यान जाने र पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाउनुपर्ने अवस्थासम्म पुग्नु सामान्य घटना हुन सक्दैन। यो हाम्रो आन्तरिक सुरक्षा संयन्त्रका लागि गम्भीर चेतावनीको संकेत हो ।

राष्ट्रिय सुरक्षा भन्नासाथ हामी सीमाना, वैदेशिक चुनौती वा सैन्य शक्तिलाई मात्र सम्झन्छौँ। तर नागरिकको दैनिक सुरक्षा, सामाजिक सद्भाव, सामुदायिक विश्वास र समयमै द्वन्द्व व्यवस्थापन नै राष्ट्रिय सुरक्षाको पहिलो आधार हो। एउटा सानो असावधानीले स्थानीय तनावलाई व्यापक सामाजिक, साम्प्रदायिक वा राजनीतिक द्वन्द्वमा रूपान्तरण गर्न कत्ति पनि बेर लाग्दैन।

गृह मन्त्रालयले यो घटनालाई केवल शान्ति सुरक्षा कायम गर्ने नियमित प्रशासनिक चुनौतीका रूपमा लिएर मात्र हुँदैन। यसलाई मन्त्रालय लगायत सम्बन्धित निकायले  आन्तरिक सुरक्षाको रणनीतिक प्रश्नका रूपमा लिनुपर्छ! यस प्रकृतिका कुनै पनि घटना हुन नदिन प्रारम्भिक सूचना संकलन, जोखिम विश्लेषण, समुदायसँगको समन्वय, संवेदनशील क्षेत्रमा पूर्वतयारी र संयमित सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।

सुनसरीको घटनाको निष्पक्ष छानबिन होस्। दोषीमाथि कानुनी कारबाही होस्। र, भविष्यमा यस्ता घटना दोहोरिन नदिने संस्थागत सुधारमा सम्बन्धित निकाय अघि बढोस्। किनभने, आन्तरिक सुरक्षा बलियो भए मात्र हाम्रो राष्ट्रिय सुरक्षा बलियो हुने हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
वैभव सूर्यवंशीको ऐतिहासिक इनिङ्स: ५३ बलमा २०४ रन, १५ वर्षको उमेरमै विश्व क्रिकेटमा कीर्तिमानको वर्षा

वैभव सूर्यवंशीको ऐतिहासिक इनिङ्स: ५३ बलमा २०४ रन, १५ वर्षको उमेरमै विश्व क्रिकेटमा कीर्तिमानको वर्षा

भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले मात्र १५ वर्षको उमेरमा क्रिकेटको कीर्तिमानी किताबमा एकपछि अर्को ऐतिहासिक अध्याय जोडेका छन्।
भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।
स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छिन् ।
उद्योग समितिको बैठक बस्दै, बालश्रम निषेधसम्बन्धी विधेयकमा छलफल सुरु गर्दै

उद्योग समितिको बैठक बस्दै, बालश्रम निषेधसम्बन्धी विधेयकमा छलफल सुरु गर्दै

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

भर्खरै