नेभिगेशन
नेताका कुरा

कप्तानगञ्ज घटनाप्रति सांसद लालविक्रमले भने– गोली चलाउनुपर्ने परिस्थिति नै थिएन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाएका छन् । घटनालाई अत्यन्तै गम्भीर र खेदजनक संज्ञा दिँदै उनले यसबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।

घटनास्थलमै पुगेर सुरक्षा निकायसँग छलफल गरेका सांसद थापाले नागरिकमाथि यसरी गोली चलाउनुपर्ने कुनै पनि परिस्थिति नरहेको दाबी गरे । ‘कुनै पनि हालतमा कहीँ पनि गोली चलाउनुपर्ने कन्डिसन छँदैछैन यो घटनामा,’ उनले भने, ‘हातमा हतियार छ भन्दैमा नागरिकमाथि गोली चलाउने काम स्वीकार्य हुन सक्दैन ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद थापाले घटनाका बेला स्थानीय प्रशासन र सुरक्षा निकायबीच समन्वयको अभाव देखिएको आशंका व्यक्त गरे । जिल्ला प्रमुख अधिकारी (सीडीओ) लाई सोध्दा पनि आफूलाई जानकारी नभएको बताएको र प्रहरी उपरीक्षक (एसपी) ले फोन नउठाएको उनको गुनासो छ । घटनाबारे प्रारम्भिक विवरण बुझ्न रातिसम्म घटनास्थलमै रहेका थापाले सुरक्षा अधिकारीहरूबाट समेत स्पष्ट जानकारी पाउन नसकेको बताए ।

Ncell
Extreme Energy

घटनास्थलमा अन्य कुनै घाइते लुकेर बसेका वा उपचार नपाएर अलपत्र परेका छन् कि भनेर पुनः खोजी गर्न उनले प्रशासनलाई आग्रह गरेका छन् । घाइतेहरूको उपचारलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले आवश्यकता परे काठमाडौंसम्म उपचारको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नयाँ सरकार बनेको बेला यस्ता घटनाले देशभर नकारात्मक सन्देश जाने भएकाले अधिकतम संयमता अपनाउन सुरक्षा निकाय र स्थानीय बासिन्दालाई उनले आग्रह गरेका छन् । धार्मिक विवादका कारण परिस्थिति थप बिग्रिन नदिन सबै पक्ष गम्भीर हुनुपर्ने उनको जोड छ ।

गत राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच उत्पन्न विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । त्यस, पश्चात उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले उक्त क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपतिलाई ?

भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपतिलाई ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् ।
सुनसरी गोलीकाण्ड छानबिन गर्न गृहले बनायो समिति

सुनसरी गोलीकाण्ड छानबिन गर्न गृहले बनायो समिति

सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ।
प्रचण्डसँग माधव नेपाल किन बने रूष्ट?

प्रचण्डसँग माधव नेपाल किन बने रूष्ट?

देश सरकार बाँडफाँटको तीन बुँदे सहमतिपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच चिसो बढेको छ ।
गेटामा एमबिबिएस पढाई सुरु नभए अनशन बस्छुः मेयर हमाल

गेटामा एमबिबिएस पढाई सुरु नभए अनशन बस्छुः मेयर हमाल

डडेल्धुरा, बैतडी र दार्चुलाको भ्रमणमा रहेका मेयर हमालले सोमबार डोटीको बुडरबाट आफ्नो फेसबुकमार्फत कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस पढाइ सुरु नभए आफू अनशन बस्ने...