नेभिगेशन
नेताका कुरा

सामाजिक सद्‍भाव कायम राख्न राप्रपाको अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सामाजिक सदभाव र एकता कायम राख्न सबैमा अपिल गरेको छ । सुनसरी घटनाले सामाजिक सद्भाव बिथोलिने चुनौती बढेको भन्दै सबै संयमित हुनुपर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

‘सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा बोलबम यात्राका क्रममा भएको सामान्य धार्मिक असमझदारी र त्यसबाट उत्पन्न विवाद नियन्त्रणमा लिने नाममा प्रहरीको गोली प्रहारबाट २४ वर्षीय ओमप्रकाश मेहताको निधन भएको घटना दुःखद्, चिन्ताजनक र दुर्भाग्यपूर्ण छ । स्व. मेहताप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । कप्तानगञ्ज घटनामा प्रहरीको अत्यधिक बल प्रयोग र अन्धाधुन्ध गोली प्रहारबाट घाइते भएका दुई दर्जन बढी नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भनेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यस घटनाको सत्यतथ्य छानबीन गर्न, दोषीलाई कडा कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत एवं न्याय सुनिश्चित गर्न, घाइतेको जुनसुकै अस्पतालमा लगेर उपचार गर्न, साम्प्रदायिकताको निहुँमा परिस्थितिलाई पटकपटक उत्तेजित र हिंसात्मक तुल्याउनेहरुको पहिचान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Ncell
Extreme Energy

तराई मधेसमा हिन्दु लक्षित श्रृंखलाबद्ध आक्रमण भइरहेको उनले तर्क गरेका छन् । त्यसलाई रोक्न र निस्तेज तुल्याउन सरकारको प्राथमिकता कमजोर देखिएको उनको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

मन्त्रिपरिषद् बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने भएको छ।
कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु...
आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै,  खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै, खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत...