नेभिगेशन
नेताका कुरा

असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

काठमाडौं । प्रदेश सरकार बाँडफाँटको तीन बुँदे सहमतिपछि असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनको निवासमै पुगेका छन् ।

प्रचण्ड र नेता नेपालबीच सोमबार बिहान भेटवार्ता भएको हो । नेपाल नेकपाका सहसंयोजक हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा एमालेसँगको तीन बुँदे सहमति लगायतका विषयमा कुराकानी भएको नेपालनिकट एक नेताले भने ।

Ncell
Extreme Energy

‘उहाँहरूबीच आज बिहान निवासमै भेटवार्ता भएको हो । पछिल्लो राजनीतिक विषयमा कुराकानी भयो,’ नेपालनिकट ती नेताले भने ।

प्रचण्डले आफूसँग सल्लाह नै नगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर प्रदेश सरकारमा भागबण्डा गरेको भन्दै नेपाल असन्तुष्ट बनेका थिए ।

शनिबार ओलीसँग सहमति गर्नुपूर्व प्रचण्डले नेता नेपालसँग सामान्य छलफल गरेका थिए । 

‘प्रदेश सरकार गठनमा नयाँ ढंगले छलफल गरौं भन्ने केपी ओलीजीको प्रस्ताव छ भन्नुभएको रहेछ,’ ती नेताले सिधाकुरासँग भने, ‘माधव नेपालले प्रदेशहरूमा सर्वदलीय चुनावी सरकार बनाउनुपर्छ भन्नुभएको थियो । उहाँ कांग्रेससँग छलफलमा पनि हुनुहुन्थ्यो ।’

तर शनिबार नेता नेपालसँग सल्लाह नै नगरी प्रचण्डले सहमतिको कागज बोकेर फर्किएपछि उनको नियतमाथि प्रश्न उठेको पूर्व एकीकृत समाजवादीका ती नेताले बताए ।

‘अहिले दुवै पार्टीमा रूपान्तरण र पुनर्गठनको प्रश्न छ । प्रदेश सरकारको भागबण्डा जनताले रूचाएका पनि छैनन् । केही दिनअघि प्रचण्ड आफै हामीलाई प्रदेश सरकार चाहिएको छैन भन्दै हुनुहुन्थ्यो,’ ती नेताले भने ।

प्रचण्ड फर्किएपछि नेता नेपालले तीन बुँदे सहमतिबारे जिज्ञाशा राखेका थिए । जबाफमा प्रचण्डले आफूले सम्पर्क गर्न खोज्दा फोन नै नलागेको बताएका थिए ।

‘उहाँहरु (ओली–प्रचण्ड) आफूमाथि आइपरेको संकट टार्ने उपायको खोजीमा हुनुहुन्थ्यो । प्रदेश सहकार्य त बाहना हो,’ ती नेताले भने ।

सहसंयोजक नेपाल सहमत नभएकाले शनिबारको हस्ताक्षरमा पूर्व एकीकृत समाजवादीतर्फका कोही पनि नेता थिएनन् । प्रचण्डले वर्षमान पुन र महेन्द्रबहादुर शाहीलाई साक्षीका रूपमा उभ्याएका थिए । अध्यक्ष ओलीले उपाध्यक्ष पौडेललाई साक्षी राखेका थिए ।

यो सहमतिप्रति एमालेका नेताहरू पनि सन्तुष्ट छैनन् । उपमहासचिव योगेश भट्टराईले त छापामार शैलीमा सहमति गरिएको कटु टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्सामार्फत एमाले र नेकपाबीचको तीन बुँदे सहमतिप्रति कटाक्ष गरेका हुन् ।

‘आ–आफ्ना पार्टीमा रडाको, छैन सहभागिता, छैन पारदर्शिता, नियत र प्रक्रियामा प्रश्नै प्रश्न, पटक-पटक उही गल्ती, जवाफदेहिता खै?,’ उनले कवितात्मक शैलीमा लेखेका छन् ।
सहमति हुँदा महासचिव शंकर पोखरेल पनि थिएनन् ।

सहमतिपछि एमालेभित्र मुख्यमन्त्रीको विषयलाई लिएर नयाँ विवाद सुरू भएको छ ।

ओलीले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउन चाहेका छन् । उनी ताप्लेजुङका तीलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् ।

तर ओलीले कार्कीको विकल्प खोज्न सक्ने अवस्था छैन ।

महासचिव शंकर पोखरेलले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई निरन्तरता दिन चाहेका थिए । तर ओलीले उनको इच्छाविपरीत नेकपालाई दिने समझदारी गरेपछि दुई नेताबीच तिक्तता झन् झाँगिएको छ ।

ओलीले कोशीको मुख्यमन्त्री फेर्न चाहेपछि उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनीको पनि मुख्यमन्त्री फेर्न चाहेका छन् । लुम्बिनीमा अहिले चेतनारायण आचार्य मुख्यमन्त्री छन् । महासचिव पोखरेलनिकट मानिएका उनी मुख्यमन्त्रीको पद जोगाउन पछिल्लो समय ओलीको पक्षमा खुलेका छन् ।

यता बागमतीको मुख्यमन्त्री कसलाई बनाउने भन्ने पनि विवाद छ । बागमती संसदीय दल नेता जगन्नाथ थपलिया छन् । तर उनलाई हटाएर भक्तपुरका किरण थापालाई मुख्यमन्त्री बनाउन ओलीले भूमिका खेलिरहेको नेताहरू बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
नवलपरासीमा अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु

नवलपरासीमा अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
वैशाखयता सर्पले टोकेर मात्रै ५३ को ज्यान गयो

वैशाखयता सर्पले टोकेर मात्रै ५३ को ज्यान गयो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ वैशाख १ गतेदेखि साउन ११ गते (आज) सम्मको विपद्का प्रमुख घटना र क्षति विवरण अनुसार यो अवधिमा समग्र...
सामाजिक सद्‍भाव कायम राख्न राप्रपाको अपिल

सामाजिक सद्‍भाव कायम राख्न राप्रपाको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक सदभाव र एकता कायम राख्न सबैमा अपिल गरेको छ ।
सुनसरी घटनाबारे गोकुलको टिप्पणी– जवाफदेहिता भए राजीनामा देऊ

सुनसरी घटनाबारे गोकुलको टिप्पणी– जवाफदेहिता भए राजीनामा देऊ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरी घटना प्रकरणमा गृहमन्त्री सुधन गुरूङले राजीनामा दिनुपर्ने बताएका छन् ।