नेभिगेशन
समाज

नारायणी अस्पतालका डाक्टरले दिए राजीनामा, सीडीओ र एसपीलाई कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

काठमाडौँ । चिकित्सकमाथिको आक्रमण र अस्पताल तोडफोडको विषयलाई लिएर वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्।

गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी)को राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्। चिकित्सकहरुको आन्दोलनका कारण आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द छ ।

Extreme Energy

स्वास्थ्य मन्त्रालयले दोषीमाथि कारबाही हुने भन्दै ओपीडी सन्चालन गर्न चिकित्सकहरुलाई आग्रह गरे पनि चिकित्सकहरुले सेवा सञ्चालन गरेका छैनन् ।

आज नारायणी अस्पतालका चिकित्सकले राजीनामा दिए, अझै पनि माग पुरा नभए भोलि देशैभरका चिकित्सकहरुले राजीनामा दिने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ ।

गत शनिबार हृदयघात भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका थिए भने चिकित्सकमाथि हातपात गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । यसले आन्ध्र प्रदेशका...
दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

सरकारले दशैँ बोनस नदिने अस्पताललाई कारवाही गर्दै जवाफदेही बनाएको छ । बोनस नदिएको गुनासोपछि युवा, श्रम तथा रोजगार मन्त्रालयको सक्रियतामा अस्पताललाई जवाफदेही बनाउँदै बोनस दिलाएको हो ।
'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई...