नेभिगेशन
समाज

नारायणी अस्पतालका डाक्टरले दिए राजीनामा, सीडीओ र एसपीलाई कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

काठमाडौँ । चिकित्सकमाथिको आक्रमण र अस्पताल तोडफोडको विषयलाई लिएर वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्।

गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी)को राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्। चिकित्सकहरुको आन्दोलनका कारण आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द छ ।

Ncell
Extreme Energy

स्वास्थ्य मन्त्रालयले दोषीमाथि कारबाही हुने भन्दै ओपीडी सन्चालन गर्न चिकित्सकहरुलाई आग्रह गरे पनि चिकित्सकहरुले सेवा सञ्चालन गरेका छैनन् ।

आज नारायणी अस्पतालका चिकित्सकले राजीनामा दिए, अझै पनि माग पुरा नभए भोलि देशैभरका चिकित्सकहरुले राजीनामा दिने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ ।

गत शनिबार हृदयघात भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका थिए भने चिकित्सकमाथि हातपात गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।