नेभिगेशन
नेताका कुरा

भारतको विदेश मन्त्रालयले भन्यो– बालेनलाई भ्रमणको निम्तो पठाइएको छ

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको लागि औपचारिक रूपमा निमन्त्रणा पठाइएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको आधिकारिक जानकारी दिएका हुन् । यद्यपि, भ्रमणको मिति, समय र एजेन्डाबारे भने उनले केही खुलाएनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकार सम्मेलनमा भारतीय सञ्चारकर्मीहरूले नेपालका तर्फबाट हालै भएका विभिन्न उच्चस्तरीय भेटघाट र भ्रमणहरूप्रति विशेष चासो राखेका थिए। हालै प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारत भ्रमण गरी त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको प्रसंग उठाइएको थियो। सोही भेटघाट र यो भ्रमणको सम्बन्धबारे प्रश्न गर्दा प्रवक्ता जैसवालले आफूलाई उक्त भेटघाटबारे कुनै औपचारिक जानकारी नरहेको बताए।

Ncell
Extreme Energy

त्यसैगरी, नेपालका प्रधानमन्त्रीलाई भारतले छिट्टै स्वागत गर्न लागेको हो वा होइन भन्ने बारेमा पनि उनले कुनै टिप्पणी गर्न चाहेनन्। भ्रमणको तिथि–मिति निश्चित नभए पनि निमन्त्रणा गइसकेको यो भनाइले दुई देशबीच उच्चस्तरीय कूटनीतिक संवादको तयारी भइरहेको संकेत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु...
आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै,  खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै, खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत...
युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको...
तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४०५ कायम भएको...

भर्खरै