नेभिगेशन
नेताका कुरा

सुनसरी घटनाबारे क्याबिनेटमा छलफल, गृहमन्त्री गुरुङले गरे ब्रिफिङ

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनाबारे मन्त्रिपरिषदमा छलफल भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाबारे ब्रिफिङ गर्दै उच्च निगरानी भइरहेको जानकारी गराएको एक मन्त्रीले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार कप्तानगन्जको स्थिति विस्तारै नियन्त्रणमा आइरहेको र सामान्य बन्दै गइरहेको भनाइ गृहमन्त्री गुरुङको थियो । गुरुङले घटनास्थलमा छानबिन समिति पठाएर सुक्ष्म अनुसन्धान भइरहेको भन्दै घटनाको जरोसम्म पुगेर दोषीलाई कारवाही गरिने र दिर्घकालीन समाधानको उपाय खोजिने पनि जानकारी गराएका थिए । बैठकमा मन्त्रीहरुले घटनाबारे जिज्ञासा राखेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहले घटना विवरण सुनेर बसेका थिए । लगत्तै प्रहरी प्रमुख बोलाएर ब्रिफिङ लिएका थिए । 

Ncell
Extreme Energy

क्याविनेटमा ब्रिफिङ गरेका गृहमन्त्री गुरुङले लगत्तै छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेका छन् । सचिवस्तरीय निर्णय गराउँदै गुरुङले समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रुपमा नियुक्त गरी फिल्डमा खटाएका हुन् ।

समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन समेत दिइएको छ । आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपका सम्बन्धमा छानबिन गर्न गत सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो । 

मन्त्रालयले सुनसरीलगायतका अन्य जिल्लामा सोही प्रकृतिको घटना घट्न नदिनका लागि पूर्वतयारी समेत सुरु गरेको छ । यसका लागि मन्त्रालयले बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय गरिरहेको छ । 

मन्त्रालयले उक्त क्षेत्रमा सुरक्षा अनुगमन र समन्वयलाई तीव्र पारेको छ । मन्त्रालयमा आज गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे पनि गम्भीर समीक्षा गरिएको छ ।  

मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल सुनसरीको देवानगञ्जलगायत अन्य संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।
आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

मौसमविद् विनोद पोखरेलले आगामी आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि गएको हप्ताजस्तो ठूलो वर्षा नहुने बताएका छन्।
बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ बगाएको छ...